खेलाडीलाइ सम्मान

alt
  • कार्तिक ३०, २०८१
  • पूर्बेली दर्पण


उदयपुर । त्रियुगा नगरपालिकाले राष्ट्रिय फुटबल टिमका सदस्य अमिशा कार्कीलाई सम्मान गरेको छ । साफ महिला च्याम्पिअनशिपमा उत्कृष्ट प्रदशन गर्दै फुटबल मार्फत नगरपालिकालाई देश विदेश सम्म चिनाउने सफल भएको भन्दै नगद ५० हजार सहित नगरपालिकाले खेलाडी कार्कीलाई सम्मान गरेको हो ।

त्रियुगा नगरपालिका वडा नं ५ मा जन्मिएकी कार्की उदयपुर जिल्ला फुटबलको सदस्य हुँदै रास्ट्रीय टिममा पर्न सफल भएकी हुन । हालै सम्पन्न साफ महिला च्याम्पिअनशिपमा कार्कीले अन्तिम फाइनल खेल बंगलादेश बिरुद्ध १ सहित ४ गोल गरेकी थिइन । नगद सहित सम्मान पत्र हस्तान्तरण गर्दै त्रियुगा नगर प्रमुख बसन्त बस्नेतले अमिशा नगरपालिकाको लागि खेलाडी मात्र नभएर एक तारा भएको बताउनु भयो ।

नगरपालिकाले सम्मान संगै पन्चे बाजाका साथमा उनलाई रास्ट्रीय झण्डा ओढाएर बजार परिक्रमा गराइएको थियो । सम्मान पत्र ग्रहण पछि खेलाडी कार्कीले उपाधी जित्न चुक्दा पनि हामीलाई गालीको साटो यसरी सम्मान गरिदा अझ प्रोत्साहन भएको र यसले झन खेल प्रति आत्मा बल जगाएको धाराणा व्यक्त गर्नु भयो ।

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved