डेंगुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै नगरपालिका

alt
  • कार्तिक १४, २०८१
  • पूर्बेली दर्पण


उदयपुर – उदयपुरको त्रियुगा नगरपालिकाले डेंगुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै  ‘खोज र नष्ट गर’ अभियान थालनी गरेको  छ। पालिकामा डेंगुसंक्रमणका बिरामी बढ्न थाले पछि नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो ।
नगरपालिकाको स्वास्थ्य शाखाले १६  वटै वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक तथा संस्थागत विद्यालय, टोल विकास संस्थालाई जानकारी गराउदै डेंगुको व्यवस्थापन र नियन्त्रण अभियान सञ्चालनका लागि निर्देशन दिइएको नगरपालिकाका नगर प्रमुख बसन्त बस्नेतले बताउनु भयो ।
डेंगुसंक्रमण रोकथाम, नियन्त्रण र न्यूनीकरणका लागि सरोकारवालासँग समन्वय गरी जनस्तरसम्म सचेतनाका क्रियाकलाप गरी लामखुट्टेको बासस्थान र फूल पार्ने ठाउँ खोजी गरी लार्भा नष्ट गर्न खोज र नष्ट गर अभियान सञ्चालन गरिएको नगर प्रमुख बस्नेतले बताउनु भयो ।
आ–आफ्नो घर वरपर सरसफाइ गरी पानी जम्न नदिने, खाडल पुर्ने र टिनका डब्बा, टायर, गमला, फूलदानी, बाल्टीमा पानी जम्न नदिने, बिद्यालय तथा सरकारी कार्यालयहरुमा शुक्रबार कार्यालय परिसर पूर्ण सरसफाई गर्ने, टोल बिकासहरुलाई आफ्नो टोल आफै सफा राखौं डेंगुसंक्रमणलाई कम गरौँ भनेर अभियानमा सवैमा सचेतना समेत फैलाउने योजनाले अभियान शुरु गरिएको स्वास्थ्य शाखाका अधिकृत उपेन्द्र कार्कीले जानकारी दिनु भयो ।

सम्बन्धित समाचारहरु

पत्रकार विश्वराज ताम ...

गाईघाट । पत्रकार विश्वराज तामाङको पहलमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० का स्थानिय गोपीलाल ...

महिला सशक्तिकरण स्रो ...

महिला सशक्तिकरण स्रोत केन्द्रको १७औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन बिहीबार उदयपुरमा भव्यताका ...

५३ जना थारु र दनुवार ...

 महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरले थारु र दनुवार महिलाहरूको संघर्ष र सशक्तिकरणका कथा समेटि ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved