राजाबास फुटवलको उपाधि आयोजकले उचाल्यो

alt
  • आश्विन २०, २०८१
  • पूर्बेली दर्पण


उदयपुर
ग्रामिणभेगमा खेल प्रतिको वढ्दो आकर्षणलाई प्रोत्साहन दिने उदेश्यले उदयपुरको रौतामाई गाउँपालिका ७ राजाबासमा आयोजना गरिएको फुटवल प्रतियोगितको उपाधि आयोजक राजाबास युवा क्लवले चुमेको छ ।ट्राईवेकरमा रौता स्पोर्टस क्लवलाई पछि पार्दै आयोजक राजाबासले उपाधि रक्षा गरेको हो । ६० मिनेटको निर्धारित समय गोल रहित बराबरीमा टुङ्गिएपछि खेल ट्राईवेकरमा पुगेको हो । ट्राईवेकरमा ४–२ को गोलअन्तरले आयोजकले जित निकालेको हो ।


आयोजकका पाँच जना खेलाडीले प्रहार गरेको सुट चार वटा सुन्दर गोलमा परिणत भएको थियो भने एक गोल विपक्षी गोलरक्षकले रोकेका थिए । त्यस्तै रौताका पाँच जना खेलाडीले प्रहार गरेको सुट दुई वटा गोलमा परिणत भयो भने बाँकी तीन वटा गोलरक्षक निमा शेर्पाले रोके ।
जितसँगै आयोजकले नगद बीस हजारसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता रौतास्पोर्टसले दश हजार नगद र ट्रफीमा चित्त बुझाउनु पर्यो । प्रतियोगितामा उत्कृष्ट गोलरक्षक शेर्पालाई नगद र ट्रफीले सम्मान गरिएको थियो ।


विजेता र उपेविजेता समुहलाई कोशी प्रदेशसभाका उपसभामुख सृजना दनुवारले नगदसहित ट्रफीले सम्मान गरिन् । राजबास युवा संजालको आयोजना गरेको प्रतियोगितामा रौतामाई, त्रियुगा, उदयपुरगढीका गरी १२ वटा टिम सहभागिता रहेको अध्यक्ष कृष्ण राईले जानकारी दिए ।
राईले ग्रामिणभेगमा खेलकुदको चाहाना राख्ने प्रतिभावान युवाहरु हुनुहुन्छ जो अवसर नपाएर बस्नु भएको छ, त्यसैले उनीहरुको अवसर र प्रतिभा प्रस्फुठनका लागि प्रतियोगिता राखिएको बताए । उनले आगामी बर्ष यसलाई राशी बढाउँदै अझ धेरै व्यापक बनाएर लैजाने बताए ।


सहभागि खेलाडीलाई बधाई तथा धन्यवाद दिँदै प्रमुख अतिथि उपसभामुख दनुवारले पछिल्लो समय खेलकुदले अनुशासन सिकाउँदै देशलाई नै गौरव बनाएको बताईन् । उनले ग्रामिणभेगका खेलाडीलाई मध्यनजर गरी खेलकुद क्षेत्रको वृहत्तर विकासमा तीनै तहका सरकार लागि पर्नु पर्ने बताए ।

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved