रेडक्रस उदयपुरको संयोजकमा शम्भु पौड्याल उपसंयोजकमा (सिएम) गुरागाइ

alt
  • आश्विन ११, २०८१
  • पूर्बेली दर्पण


उदयपुर । नेपाल रेडक्रस सोसाइटी उदयपुरको संयोजकमा चौदण्डीगढी नगरपालिका वडा नम्बर ७ का शम्भु पौडेल चयन हुनुभएको छ । यस्तै उपसंयोजकमा उदयपुरगढि ५ का चन्द्रमणि गुरागाई (सिएम) चयन हुनुभएको छ ।


रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयले पौड्यालको संयोजनमा उदयपुरमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको हो । केन्द्रीय महामन्त्री भुपतिलाल श्रेष्ठद्वारा हस्ताक्षर गरिएको पत्र अनुसार ६ महिनाको लागि तदर्थ समिति गठन गरिएको हो ।

उक्त समितिले जिल्ला शाखाले गर्नु पर्ने सम्पूर्ण कार्यहरू बिधान अनुसार गर्ने र ६ महिनाभित्र उपशाखा गठन गरी जिल्ला कार्यसमितिको निर्वाचन गर्ने व्यवस्था मिलाउने जिम्मेवारी दिएको छ । यस्तै सचिवमा त्रियुगा नगरपालिका वडा नम्बर ४ बगाहाका सन्तोष कोइराला  रहनुभएको छ । त्यसैगरी, कोषाध्यक्षमा उदयपुरगढी गाउँपालिका वडा नम्बर २ का देव गिरी चयन हुनुभएको छ ।

अन्य सदस्यहरूमा क्रमशः उदयपुरगढी गाउँपालिका वडा नम्बर ४ की सम्झना राई, कटारी नगरपालिका वडा नम्बर ३ का पुष्कर खड्का, त्रियुगा नगरपालिका वडा नं. ७ का राजेश कार्की, चौदण्डीगढी नगरपालिका वडा नं. ९ का चन्द्र गिरी, त्रियुगा नगरपालिका वडा नं. ४ की कल्पना ढकाल, लिम्चुङबुङ गाउँपालिका वडा नं. १ का राजकुमार राई, कटारी नगरपालिका वडा नं. १४ का भीम जोशी, त्रियुगा नगरपालिका वडा नं. १३ का दुर्गानन्द चौधरी, र बेलका नगरपालिका वडा नं. २ का धुर्व कोइराला रहनुभएको छ ।

461254563_3077909609031705_6054041773071685744_n

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved