उदयपुरको त्रियुगा १५ मा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने,प्रथम पुरस्कार ६६,३३३ रुपैया

alt
  • आश्विन ९, २०८१
  • पूर्बेली दर्पण


उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १५ खाँबुस्थित कुभिण्डेमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । विजय दशमी तथा दिपावलीको अवसर परेर सो प्रतियोगिता हुन लागेको आयोजक समितिका अध्यक्ष इन्द्रबहादुर मगरले बताए ।


अध्यक्ष मगरका अनुसार प्रतियोगिता असोज २१ देखि २३ गतेसम्म सञ्चालन हुने छ । प्रतियोगितामा एक दर्जनभन्दा माथि खेलाडी टिम सहभागी हने अनुमान गरिएको आयोजक समितिले जनाएको छ ।


स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद भन्ने नाराका साथ हुने प्रतियोगिताको प्रथम पुरस्कार ६६ हजार तीन सय ३३ रुपैया नगद, सिल्ड मेडल र प्रमाणपत्र, दोस्रो पुरस्कार ३३  हजार तीन सय ३३ रुपैया नगद, सिल्ड मेडल र प्रमाणपत्र र तेस्रो पुरस्कार ११ हजार एक सय ११ रुपैया नगद, सिल्ड मेडल र प्रमाणपत्र रहेको छ । प्रतियोगिता त्रियुगा नगरपालिका वडा नम्बर १५ खाँबु र स्थानीय जनकल्याण सामुदायिक बन उपभोक्ता समितिको आयोजनामा हुन लागेको हो ।

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved