१ लाख राशीको प्रथम वडाध्यक्ष गोल्डकप सुरु उद्घाटन खेलमा कटारी विजयी

alt
  • माघ १४, २०७९
  • पूर्बेली दर्पण


उदयपुर
उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा शनिबारदेखि सुरु भएको प्रथम वडाध्यक्ष गोल्डकप फुटवल प्रतियोगितमा कटारी फुटवल क्लव विजयी भएको छ ।
निर्धारित ६० मिटेको खेलमा चौदण्डिगढी नगरपालिकालाई ५–२ ले पछि पार्दै कटारीले जित निकालेको हो । पहिलो खेलमै सहजै जित निकालेको कटारीले अव १९ गते सेमिफाईनल खेल खेल्दैछ ।
मध्यान्न अघि लगातार तीन गोल गर्दै अघि बढेको कटारीलाई व्रेकपछि चौदण्डिले दुई गोल जवाफी फर्कायो । खेल सुरु भएको १४ औँ मिनेटमा कटारीका प्रताप राईले खाता खोलेका थिए । लगत्तै २० औँ मिनेटमा थप एक गोल गर्दै कटारीका आकाश राईले टिमलाई अग्रता दिलाएका थिए ।
खेल सुरु भएको २५ औँ र ४० औँ मिनेटमा कटारीकै सुरन धामीले तेस्रो र पाँचौ गोल गर्दै टिमको जितलाई सुनिश्चित गराए । सुरुवातीचरणबाटै निकै दवावमा राखेको कटारीका लागि ३३ औँ मिनेटमा किरण दनुवारले चौथोँ गोल गरेर टिमलाई अग्रता दिलाएका थिए ।
मध्यान्न पछि खेल सुधार गरेको चौदण्डिले जवाफीमा दुई गोल गर्यो । चौदण्डिका लागि १६ औँ मिनेटमा विश्वास राईले एक गोल गर्दै खाता खोलेका थिए । लगत्तै २८ औँ मिनेटमा रितेश तामाङ्गले थप एक गोल गर्दै टिमलाई हौसला दिएका थिए ।
प्रतियोगिताको म्यान अफ दी म्याच कटारीका प्रताप राई घोषित भए । उनलाई नगद एक हजार पाँच सयले सम्मान गरिएको आयोजक समितिका सदस्य रुपेश मगरले बताए । उनका अनुसार आईतबारको खेल गोलबजार स्पोर्टस क्लव सिरहा र नेपाली सेनाको पशुपतिप्रसाद गण बोक्सेविच हुने छ ।
सिरहा, सप्तरी, सुनसरी र उदयपुर गरी ८ वटा टिम सहभागि रहेको प्रतियोगिताको वितेताले १ लाख र उपविजेताले ५० हजार पाउने छ । वडा युवा तथा खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगिता उदयपुरकै लागि यो सबैभन्दा ठुलो धनराशीको गोल्डकप हो । यसअघि वडाहरुले सामान्य राशीका वडास्तरीय प्रतियोगिताहरु हुँदै आएका छन् ।
वडाध्यक्ष किरण पाण्डेले आगामी बर्षलाई अझ बढाएर लैजाने बताए । उनले भने, ‘यो वडाको सानो वजेटबाट सुरुवात गरेका हौ यसलाई आगामी बर्ष राशी बढाउँदै निरन्तरता दिने लक्ष्य छ ।
प्रतियोगिताको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका मेयर बसन्तकुमार बस्नेतले खेलकुद एउटा इज्जत र गौरवको बिषय भएकाले यसलाई राशी सँग नदाज्न आग्रह गरे । उनले भने, ‘निर्वाचित भएसँगै मुलुक लगातार चुनावमा होमिएकाले सोचेअनुरुप काम हुन सकेन यधपि विकासका केही तानावुना बुन्न सुरु भएका छन्, अव चाँडै विकासले गति लिन्छन् ।
उपमेयर महेश्वरी राईले खेलकुद क्षेत्रको वृहतर विकासका लागि नगर र वडास्तरीय युवा तथा खेलकुद समिति बनाई गतिविधि अघि बढाइएको बताए । उनले भनिन्, ‘खेलकुद क्षेत्रको विकास र दिगोपनाका लागि सबै वडामा खेलमैदान निर्माण गरी गतिबिधीहरु अघि बढाउँछौ ।
नेकपा एमालेका प्रदेश कमिटी सचिवालय सदस्य इश्वरमणि राउतले खेल क्षेत्रको अनुशासन राजनीतिमा प्रयोगमा ल्याउन सके देश विकास सहजै हुने बताए ।

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved