महिनावारी स्वच्छता दिवसको अवसरमा युवाहरुलाई अभिमुखिकरण कार्यक्रम

alt
  • जेठ २९, २०७९
  • पूर्बेली दर्पण

उदयपुरमा महिनावारी स्वच्छता दिवस विभिन्न कार्यक्रमगरि मनाईएकोे छ । दिवसको अवसरमा उदयपुरको त्रियुगा नगरपालका वडानम्बर ९ राजावास ओरेक नेपालमाएक दिने किशोरी स्वास्थ्य मेला तथा हानिकारक परम्परागत सोच र अभ्यासका साथै स्थानिय जडिबुटी सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । सन् १९८७, मे २८ मा यो दिवसको सुरुवात संगै, महिलाको स्वास्थ्यसंग सरोकार राख्ने संस्थाहरुले वार्षिक अभियानको रुपमा यो दिवस मनाउँने गर्दछन् । यो वर्ष पनि“सन् २०३० सम्म महिनावारी जीवनको सामान्यतथ्य”भन्ने विषयवस्तुको साथ यो दिवस संसारभर मनाईएको छ ।यसै अवसरमा ‘मर्यादित महिनावारी,हामी सबैको जिम्मेवारी’ भन्ने मुलनाराको साथ अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवसमे २८ को अवसरमा उदयपुरमा अभिमुखिकरण कार्यक्रम सम्पन्नभएको हो ।


कार्यक्रममा सामाजिक हानीकारक परम्परात अभ्यास, अभ्यासका कारण महिलाहरुले भेग्नु परेको समस्या, लैङ्गिकता, महिलाअधिकारको विषयमा छलफल गरिएको छ । यसैगरि कार्यक्रममा महिनावारी हुदाआउने समस्या समाधारको लागि जडिबुटिको उपयोग र यसको महत्वको विषयमा पनि व्यापक छलफल भएको छ । यसैगरि महिनावारीका कारण हुनसक्ने मानसिक समस्याको समाधान र उपचारको लागि मनोसामाजिक मनोविमर्शको परिचय, महत्व, उपचार, विधि र पद्धतीको विषयमा मनोसामाजिक परामर्श कर्ता कमला खडेकाले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममाओरेक नेपालका कार्यक्रम अधिकृत बाला कार्की, आयुर्बेद ओषधीके विषयमासम्राट आर्युबेल औषधालयका प्रमुखअनिल कटुवालले सहजीकरण गर्नु भएको थियो ।


महिला सशक्तिकरण श्रोतकेन्द्र, ओरेक उदयपुर र महिलामानवअधिकार रक्षक सञ्जालको संयुत्त mअयोजनामा सम्पन्नभएको कार्यक्रम महिलासशक्तिकरण श्रोतकेन्द्रको कार्यक्रम संयोजक अप्सरा समालले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा त्रियुगा नगरपालीकाभरिका युवा, महिला र किशोर किशोरीहरुको बाक्लो उपस्थितथी रहेको थियो ।

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved