ओलीले ३ बर्ष गफैमा सक्यो गठबन्धन सरकारले निशुल्क बिद्युत दिने निती ल्यायो

alt
  • कार्तिक १९, २०७८
  • पूर्बेली दर्पण

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा न .१४ निपानेमा बिहिबार बिद्युत पुगेपछी उत्घाटन गर्नुहुदै नेकपा माओबादी उदयपुरका युवा नेता तथा उदयपुका सह इन्चार्ज किरण राइले ओलीले ३ बर्ष गफैमा सक्यो अहिलेको गठबन्धन सरकारले निशुल्क बिद्युत दिने निती ल्यायो भन्दै अहिलेको सरकार जनताको सरकार रहेको बताउनुभएको छ ।


राइले ओलि सरकारले यस्ता जनप्रिय काम गर्न नसकेको बताउदै एमाले पार्टी जनताको नभइ धनीबर्गहरुको मात्र पार्टी रहेको बताउनुभयो । उहाँले अहिलेको सरकारको योजना अनुसार निम्न बर्गको लागी निशुल्क बिद्युत दिने योजना ल्याएको बताउनुभयो । गाउँका अधिकांश घरले मासिक २० युनिट भन्दा बढि बिद्युत खपत नगर्ने भएकोले गाउँका निम्न बर्गका समुदयको लागि अब बिद्युत निशुल्क हुने बतउनुभयो ।


गाउँमा बिद्युत पुर्याउने दश बर्षदेखीको सपना बन्ल पुरा भएकोमा स्थानीय पनी हर्षित भएका छन । राष्ट्रिय विद्युत प्रशारण लाईन पुगेपछि निपानेका स्थानीयले बिहिबार लक्ष्मिपुजाकै दिन घर घरमा बत्तीबाली झिलिमिली बनाइएका छन । वडा कार्यालय र वडामा रहेको सामुदायिक बनको पहलमा निशुल्क मिटर बितरण गरीनुको साथै निशुल्क वाइरिङ समेत गरीएको छ । बिद्युत नेकपा माओबादी उदयपुरका सह इन्जार्ज किरण राइको हातबाट स्विच अन गरेर उत्घाटन गरीएको थियो ।253020084_205693518371703_153307603227464978_n

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved