उदयपुरमा ब्राउन सुगर र भरुवा बन्दुक सहित छुट्टा छुट्टै स्थानबाट ३ जना पक्राउ

alt
  • फाल्गुन २८, २०७७
  • पूर्बेली दर्पण

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले ब्राउन सुगर सहित गाइघाटका एक युवालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका वडा न. ११ का प्रशान्त कार्की रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।


प्रहरीका अनुसार कार्कीलाइ संका लागी चेकजाँच गर्ने क्रममा गाइघाटको मेन चौकमा चेक जाँच गर्दा उनको साथबाट ५१० मिलि ग्राम ब्राउन सुगर ,नगद १४,०३५ र ब्राउन सुगर सेवन गर्न प्रयोग हुने सिक्का, ब्राउन सुगर प्रयोग गर्दा डढेका नोटहरु समेत फेला परेको प्रहरीले जनाएको छ ।


हाल उनलाइ नियन्त्रणमा लिइ थप अनुसन्धान भई जनाइएको छ । उनलाइ फागुन २७ गते दिउँसो ४।३० बजेको समयमा गाइघाटको मेन चौकबाट पक्राउ गरीएको जनाइएको छ ।

यसैगरी २ थान भरुवा बन्दुक सहित बेलका नगरपालिका बाट दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलका नगरपालिका वडा न. ९ कमलावारी वस्ने वर्ष ३७ को सनविर राई र सोही ठाउँका ६५ बर्षिय कटारी साईला भन्ने लक्ष्मण बि.क. रहेका छन ।

उनीहरुलाइ इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले फागुन २७ मा पक्राउ गरेको हो । प्रहरीका अनुसार सिसौली सानो खैरेनी टप्पुमा भरुवा बन्दुक राखेको छ भन्ने सुचनाको आधारमा खानतलासी गर्दा दुबै जनालाइ बारीमा लुकाई राखेको बन्दुक सहित पक्राउ गरीएको जनाइएको छ ।

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved