शताब्दी पुरुष संस्कृतविद जोशीद्धरा बरिष्ट पत्रकार चेम्जोङको ‘उदयपुरको ईतिहास’ पुस्तकको विमोचन

alt
  • पुस २४, २०७७
  • पूर्बेली दर्पण

उदयपुर , वरिष्ठ पत्रकार कौशल चेम्जोङद्वारा लिखित ‘उदयपुरको ईतिहास’ पुस्तकको बिहिबार विमोचन गरीएको छ । समग्र उदयपुर जिल्लाको गहन ईतिहास बोकेको पुस्तकको नेपालका सताब्दि पुरुष तथा ईतिहासविद् सत्यमोहन जोशीले विमोचन बिमोचन गर्नुभएको हो ।


पुस्तकका लागि पत्रकार एवम ईतिहासकार चेम्जोङले २२ वर्ष लामो समय अध्यायनमा लगाउनु भएको छ । त्यस क्रममा उहाँले उदयपुरको कुनाकुना, कन्दराहरु चहार्नु भएको छ । उहाँले विमोचनको विशेष समारोहमा बोल्दै आफु बुबाले दिनु भएको पुरानो एतिहासिक सिक्काबाट प्रेरित भई यतातर्फ लागेको बताउनुभयो ।


उदयपुर अनुसन्धान केन्द्रले प्रकाशनमा ल्याएको पुस्तकमा उदयपुरे इतिहासको खोजमुलक अध्ययनलाई सचित्र उतारिएको चेम्जोङले दावी गर्नुभएको छ । उहाँका अनुसार पुस्तकमा उदयपुरको ऐतिहासिककालदेखिको जनजीवन, सामाजिक रहनसहन, बसोबास, समुदाय र जातजाति तथा समाज विकासक्रमसँगै जिल्लाको पर्यटन, राजनीति, कृषिलगायत बिभिन्न विषयमाथि खोज अनुसन्धान बिबरण पढ्न पाइने छ ।

135517682_3514445138663036_2207691174597807147_o
पुस्तकले त्रियुगा सभ्याताको अहिलेसम्मकै ठोस, गहन जानाकारी र तथ्य पस्किएको छ । ईतिहास अध्यायनका लागि यो पुस्तक महत्वपूर्ण र उपयुक्त रहेको उहाँले बताउनु भयो । नेपाल सरकारबाट बरिष्ट पत्रकारको उपाधी पाइसक्नुभएका चेम्जोङ प्रेस स्वतन्त्रता सेनानी, प्रेस काउन्सिल गोपादास श्रेष्ठ पत्रकारिता पुरस्कार लगायतबाट सम्मानित हुनुहुन्छ । उहाँका यसअघि तीन पुस्तक प्रकाशित भइसकेको छ ।

त्रिभुवन विश्वविद्यालयका ईतिहास विभाग प्रमुख प्राध्यापक डक्टर राजकुमार पोखरेलले नेपालको ईतिहासमा एउटा अर्को अध्याय थपिएको बताउनुभयो । यस्तै सिंगो पुस्तकको समिक्षा गर्दै प्राध्यापक डाक्टर बिजय मिश्रले विविध महत्वपूर्ण दस्तावेज तथा एतिहासिक सामग्रिहरुका साथ ईतिहास प्रस्तुत गरिएको बताउनुभयो । उहाँका अनुसार पुस्तकमा नेपालको ईतिहासमा मानव सभ्यता, एतिहासिक लडाई, विविध राज्यहरु उदयपुरसंग जोडिएको प्रमाण पेश गरिएको छ ।136720490_3514445038663046_5340986013834277116_o

135006358_3514445338663016_1840543296990445054_o

134645833_3514445158663034_6782332945938662386_o

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved