सिकारीले छाडेको बन्दुक पड्कदा उदयपुरमा बन रक्षकको मृत्यु

alt
  • मंसिर १८, २०७७
  • पूर्बेली दर्पण

उदयपुर । गस्तीको क्रममा जंगल फेला परेको भरुवा बन्दुक पड्किदा उदयपुरमा बुधबार राति वन रक्षकको ज्यान गएको छ । ज्यान जानेमा सव डिभिजन वन कार्यालय तपेश्वरीमा कार्यरत वन रक्षक ४० वार्षीय लेखनाथ वास्तोला रहेको डिभिजन बन कार्यालय उदयपुरले जनाएको छ । मृतक रक्षकको घर सुनसरी दुहवी रहेको जनाइएको छ ।


जंगलमा बनको गस्ती टोलीलाइ देखेर सिकारीले छाडेको बन्दुक राति १० बजेको समयमा कार्यालयभित्र लैजान गेट खोल्ने क्रममा पड्कीदा छर्राले लागेर बास्तोलाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको डिभिजन कार्यालय गाईघाटका प्रमुख अम्बिका प्रसाद पौडेलले जानकारी दिनुभयो ।


बन्दुक कसले छाडेको हो भन्ने बारेमा एकिन हुन बाँकी रहेको प्रहरीको भनाई छ । वन्यजन्तुको चोरी सिकारी गर्ने समूह जंगल पसेको र वन रक्षक गस्तीमा आएको चाल पाएर बन्दुक त्यहीँ फालेर भागेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भिम दाहालले बताउनुभयो ।
बन्दुक कस्तो अवस्थामा फेला परेको भन्ने बारेमा विस्तृतमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved