गाइघाटमा अटो र मोटरसाइकल एक आपसमा ठक्कर खांदा ९ जना घाइते

alt
  • मंसिर १२, २०७७
  • पूर्बेली दर्पण

उदयपुर
गाईघाटबाट यात्रु बोकेर राजाबासतर्फ जादै गरेको प्रदेश नं. ०२ ०१००३७ नम्बरको अटो र राजाबासबाट गाइघाट आउदै गरेको स ७ प ५०६७ नम्बरको मोटरसाइकल गाइघाट गैरुनमा रहेको कालिखोलामा एक आपसमा ठक्कर खादा ९ जना घाइते भएका छन ।


अत्याधिक गतिका कारण दुर्घटना भएको स्थानियले बताएका छन । घाइतेहुनेहरुमा त्रिनपा ८ बाघचौरीका ३५ वर्षिय लक्ष्मण राउत, सोही वडाको साहीखोलाका ४० वर्षिया सिता बस्नेत, ४० वर्षकै ज्ञानु कार्की, सोही वडाका ६५ वर्षिय हरि बुढाथोकी, ६० वर्षिया सेतीमाया विक, उनकी नातीनी ६ वर्षिय वालिका युना विक र त्रिनपा १० का ६० वर्षिया मसाली वि.क. रहेका छन ।


त्यस्तै मोटरसाईकल चालक त्रिनपा ८ राजाबासका २७ वर्षिय राजेश चौधरी र पछाडि सवार उनकी श्रीमती २३ वर्षिया निसा चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएकोे छ । घाइतेहरुलाई हाल उपचारका लागि विराटनगर लगिएको प्रहरीले जनाएको छ । टेम्पोचालक सुरेन्द्र चौधरी भने फरार रहेको जनाइएको छ ।

सम्बन्धित समाचारहरु

पत्रकार विश्वराज ताम ...

गाईघाट । पत्रकार विश्वराज तामाङको पहलमा उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर १० का स्थानिय गोपीलाल ...

महिला सशक्तिकरण स्रो ...

महिला सशक्तिकरण स्रोत केन्द्रको १७औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन बिहीबार उदयपुरमा भव्यताका ...

५३ जना थारु र दनुवार ...

 महिला सशक्तिकरण स्रोत केन्द्र उदयपुरले थारु र दनुवार महिलाहरूको संघर्ष र सशक्तिकरणका कथा समेटि ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved