धरान । मगर समुदाय नेपालको आदिबासी जनजाति मध्य सबैभन्दा धेरै जनसंख्या भएको आदिबासी जनजाति हो । जनसङ्ख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति हो मगर । जसको आफ्नै समृद्ध संस्कृति, भाषा र परम्परा छ । यो समुदाय विशेषत पहाडी क्षेत्रमा बसोबास गर्ने गरेको पाइन्छ जसको आफ्नै सामाजिक, धार्मिक र सांस्कृतिक जीवन शैली छ ।
करिव १ सय ६५ भन्दा धेरै थरहरु भएको मगर समुदामा बलम्पाकी मगरको भेला शनिबार सुनसरीको धरानमा सम्पन्न भएको छ । बलम्पाकी वंशज धरान ग्रपको आयोजनामा भएको भेलामा कोशी प्रदेशका १४ जिल्लाका २ सय बलम्पाकी मगरहरु भेला भएका थिय ।
भेलाले पहिलो चरणमा कोशी प्रदेशका १४ जिल्लामा बसोबास गर्ने बलम्पाकी मगरको घरधुरी तथा संख्या संकलन गर्ने र दोस्रो चरणमा जिल्ला कमिटि गठन गर्ने निर्णय गरेको बलम्पाकी वंश्यौली समाजका अध्यक्ष राम बहादुर बलम्पाकी मगरले बताउनुभयो ।
मगरका अनुसार हाल सम्म बिधान बनाउने कुलपुजाघर निर्माको लागि जग्गा खोज्ने कार्य सम्पन्न भएको छ । कुलपुजाघर निर्माणको लागि झापा जिल्लाको शिवशताक्षी नगरपालिका वडा न.१० देमुखामा एक कठ्ठा जग्गा पञ्चमाया बलमपाकी मगरले प्रदान गर्नुभएको छ ।
छरिएर रहेका बलम्पाकी मगरहरु देशैभर बसोबास गर्ने गरेको पाइएको छ । तर कतिको संख्यामा छन भन्नेकुरा एकिन छैन । कोशी प्रदेशमा भने इलाम, सुनसरी, झापा, धनकुटा, उदयपुर , भेजपुर जिल्लामा धेरैको संख्यामा बलप्पाकी मगरहरु बसोबास गर्ने पाइएको छ तर यतिनै संख्यामा छन भन्नेचाँही घरधुरी तथा संख्या संकलनपछी आउने बलम्पाकी वंश्यौली समाजका उपाध्यक्ष नरेश बलम्पाकी मगरले बताउनुभयो ।
वंश्यौली समाजले हाल सल्लाहा सुझाप संकलन गर्ने, बचत गर्ने, भित्ते पत्रिका प्रकाशन गर्ने, अप्ठेरोमा परेकालाइ सहयोग गर्ने जस्ता कार्यहरु गरिरहेको छ ।
Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved