उदयपुर । उदयपुरको चौदण्डीगढी–४ नारद आदर्श शिक्षा क्याम्पस बसाहामा हिजो भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा ज्ञान्दिल थुलुङ राईको संयुक्त प्यान विजयी भएको छ ।
थुलुङ राईले ८९ मत प्राप्त गरी विजयी भएका हुन् भने उनका निकटतम प्रतिस्पर्धी अनेरास्ववियुका केवल तामाङले ७२ मतमात्र प्राप्त गरेका थिए भने १७ मतले थुलुङ राई विजयी भएका हुन् ।
त्यसैगरी अन्य पदाधिकारीमा सचिव पदमा गठबन्धन प्यानलकै लोकेश राउत, उपाध्यक्षमा रोज राई, कोषाध्यक्षमा सजिना राई, सदस्यमा सञ्जोग राई, प्रविन राई र मुस्कान विक निर्वाचित भएका छन् ।
निर्वाचनमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र समाजवादी विद्यार्थी युनियनगरी तीन विद्यार्थी संगठनको संयुक्त गठबन्धन रहेको थियो ।
कूल १ सय ८५ मतदातामध्ये १ सय ६१ मत खसेको थियो । निर्वाचनमा ८७ प्रतिशत मत झरेको थियो भने निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको निर्वाचन मण्डलले जनाएको छ ।
जिल्लाभर ६ वटा क्याम्पसहरुमध्ये आज १ क्याम्पसमामात्र निर्वाचन भएको थियो ।
विहान ८ बजेदेखि सुरु भएको निर्वाचन बेलुका ४ बजेसम्म मतदान समय तोकिएको थियो । निर्वाचनका लागि नगेन्द्र गाहा मगर निर्वाचन अधिकृत तोकिएको थियो ।
Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved