उदयपुरमा शुक्रबार १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा दुइजना पक्राउ परेकाछन ।
पक्राउ पर्नेमा रौतामाई गाउँपालिका ६ निगाले बस्ने २७ वर्षीय निलम भन्ने तिलक बहादुर अधिकारी र ३८ वर्षीय दिपक राउत रहेको प्रहरीले जनाएको छ ।
उनीहरूले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा लाई शुक्रबार राति पक्राउ गरिएको हो ।
अस्थायी प्रहरी पोष्ट संगमचोक मुर्कुचीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved