उदयपुर । नेकपा माओवादी केन्द्र त्रियुगा नगरको अध्यक्षमा पुन : मान वहादुर राई चयन हुनुभएको छ । नगरको बिहिबार दोस्रो अधिवेशन सम्पन्न भएको थियो ।
अधिवेशनले ५१ सदस्य नगर कमिटि सर्वसहमत चयन गरेको थियो । जसमा शनिबार एक कार्यक्रमको आयोजना गरी पदाधिकारी सहित कमिटिलाइ पुर्णता दिइएको माओबादी त्रियुगा नगर कमिटिले जनाएको छ ।
राई यस अघिपनी अध्यक्ष हुनुहुन्थ्यो यस्तै त्रियुगा नगरपालिका वडा न. १६ को वडा अध्यक्ष समेत हुनुहुन्छ । समितिको उपाध्यक्षमा राधारमण खतिवडा, शुभराज तामाङ, दुर्गा कुमार कार्की, सचिव काशि कुमार कार्की, सह सचिव गोपाल कटेल र कोषाध्यक्ष मेम बहादुर बि।क चयन भएको छ ।
यस्तै कार्यालय सदस्यमा ज्ञानेन्द्र मगर, बुद्धि कुमारी तुम्वाहाम्फे, जिवनी कुमारी राई र नविन कुमार राई चयन हुनुभएको छ ।
Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved