राजा फर्कने दिवास्वप्न मात्र हो ः एमाले नेता शेरधन

alt
  • फाल्गुन २५, २०८१
  • पूर्बेली दर्पण

उदयपुर । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्र्चाज शेरधन राईले राजा फर्काउने दिवास्वप्न नदेख्न चेतावनी दिएका छन् । नेकपा एमाले रौतामाई गाउँपालिका कमिटीले आईतबार आयोजना गरेको तीन महिने जरा केन्द्रित अभियानको उद्घाटन गर्दै नेता राईले संघीयताको मर्म र भावना विपरित भईरहेका सबैखाले हर्कतको एमालेले डटेर सामना गर्ने बताए ।

उनले भने, ‘केहि समयत्ता वाहिर रहनसाथ प्रचण्डले राजाबादी, रवि, वालेन लगायतका अराजक झुण्डसँग हिमचिम बढाएर निरन्तर अहिलेको व्यवस्थामाथि नै प्रहार गर्नुभएको छ, त्यो केवल आफै सकिने बाटो मात्र हो ।’ ‘पछिल्लो समय सधै अस्थिरता र अराजक मच्चाउने झुण्डहरु राजा फर्काउने अभियान छन्,’ नेता राईले भने, ‘राजा, राणा शासन र अहिलेको व्यवस्थामा भएका कामको मुल्यांकन गर्नुस कुन व्यवस्थामा विकास र समृद्धी भए ।’ थपे, ‘सबै विकास र समृद्धी लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थामा भएको हो जुन व्यवस्थामा जनता सर्वोपरी छन् ।

’ ‘प्रतिगामी तत्वहरु योजनाबद्ध ढंगले संघीयता र संबिधानको प्रणालीलाई उल्टयाउने खेलमा छन्,’ उनले भने, ‘अव जनता पछाडी हैन् अगाडी बढ्न चाहिरहेका छन् त्यसका लागि संबिधान संशोधन गरी थप राम्रो बनाउन चाहान्छन् ।’ उनले प्रचण्ड आफै धर्म, संस्कृति र पहिचान विरुद्ध अभियानमा लागेको आरोप लगए । नेता राईले प्रचण्डको गतिबिधि सत्ताका लागि कहिले एमाले कहिले काँग्रेससँग टाँसिएर विदेशीसँग लम्पसार पर्ने गरेको बताए ।

अस्थीर सरकार रहँदा जनताका विकास प्रतिको तिव्र चाहाना पुरा हुन नसकेको बताउँदै उनले मिसन ०८४ एमालेका लागि तीनै तह वहुमतसहितको एकल नेतृत्वको सरकार हुने बताए । उनले वैचारिक र नीतिगत प्रष्टता एमालेसँग मात्र भएकोले यो देशको रक्षाको कवज एमाले मात्र भएको स्पष्ट पारे । राईले स्थायी सरकारबाट मात्र देश समृद्धि हुने भएकाले ढुई ठुला पार्टी विच ०८४ सम्मका लागि सत्तासमिकिरणमा भएको बताए ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा उदयपुर इन्र्चाज मन्जुकुमारी चौधरी, केन्द्रिय सदस्य अम्बिका थापा, उदयपुर क्षेत्रनं २ का संघीय सांसद अम्बरबहादुर रायामाझीले बोलेका थिए । तीन महिनासम्म सञ्चालित जरा केन्द्रीत अभियान टोल कमिटी गठन हुँदै व्यक्तिका घरघरमा पुगेर सदस्यता बिस्तार, जनसंगठन निर्माण, पुर्नगठन, प्रशिक्षण लगायतका कार्यक्रम सञ्चालन हुने पालिका कमिटीका इन्र्चाज तथा कोशी प्रदेश कमिटीका सदस्य जिवन कार्कीले बताए ।

अभियानको मुख्य उदेश्य जनतालाई जागरुक बनाउने, संगठित बनाउने, विकास प्रति साझा धारणा बनाउने भएकाले प्रत्येक मतदाताको घरसम्म अभियान पुर्याईने पालिका कमिटीका अध्यक्ष ललित मगरले बताए । अभियानकै अवसरमा कोशी प्रदेशका संस्थापक मुख्यमन्त्रीसमेत रहेका राईले रौतामाई ७ स्थित गितामागी मठ भवन तथा सामुदायिक वृद्धाआश्रमको उद्घाटन गरे ।

कार्यक्रममा रौतामाई गाउँपालिका ७ कोल्वोटेका नेकपा माओबादीका नेता टिकबहादुर मगर एमालेमा प्रवेश गरेका छन् । त्यसैगरी रौतामाईका योजनासमेत योजना बैंकमा समेटिने गरी सार्वजानिक गरिएको छ ।

सम्बन्धित समाचारहरु

माओवादी केन्द्र त्रि ...

उदयपुर । नेकपा माओवादी केन्द्र त्रियुगा नगरको अध्यक्षमा पुन : मान वहादुर राई चयन हुनुभएको छ । नगरको ...

राष्ट्रीय स्वास्थ्यक ...

उदयपुर । शनिबार सम्पन राष्ट्रीय स्स्वास्थ्यकर्मी  महासंघ उदयपुरको तेश्रो अधिबेशनले देविन्द्र मग ...

उदयपुरमा होली खेल्ने ...

उदयपुर । होली खेल्ने क्रममा मादक पदार्थ र लागू औषध सेवन गरी झगडा र उच्छृङ्खल गतिविधि गर्ने १२ जना व् ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved