उदयपुरमा प्याराग्लाइडिङ गर्ने क्रममा घाइते भएका जापनिज नागरिकको ज्यान गयो

alt
  • माघ २५, २०८१
  • पूर्बेली दर्पण


उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापनिज नागरिकको उपचारको क्रममा ज्यान गएको छ ।


बुधबार दिउँसो भएको उक्त घटनामा परी जापानिज नागरिक ७२ बर्षिय काजी ताकासी घाइते हुनुभएको थियो । आफैले प्याराग्लाइडिङ गरि उडेका  ताकासी सोही स्थानमा रहेको फुटबल मैदानमा ल्यान्ड गर्ने क्रममा भुइँमा बजारीएर गम्भीर रूपमा घाइते भएका थिए ।


मृतक ताकासी अन्य ४ जना साथीहरु संगै जापानबाट नेपाल घुम्न आएको खुल्न आएको  छ । उनको धरान स्थित बिपि कोइराला मेमोरियल अस्पतालमा उपचारको लागी लगिएकोमा उपचारकै क्रममा राति ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

सम्बन्धित समाचारहरु

माओवादी केन्द्र त्रि ...

उदयपुर । नेकपा माओवादी केन्द्र त्रियुगा नगरको अध्यक्षमा पुन : मान वहादुर राई चयन हुनुभएको छ । नगरको ...

राष्ट्रीय स्वास्थ्यक ...

उदयपुर । शनिबार सम्पन राष्ट्रीय स्स्वास्थ्यकर्मी  महासंघ उदयपुरको तेश्रो अधिबेशनले देविन्द्र मग ...

उदयपुरमा होली खेल्ने ...

उदयपुर । होली खेल्ने क्रममा मादक पदार्थ र लागू औषध सेवन गरी झगडा र उच्छृङ्खल गतिविधि गर्ने १२ जना व् ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved