त्रियुगाका ६३ सय ६३ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने

alt
  • माघ १८, २०८१
  • पूर्बेली दर्पण



उदयपुर । त्रियुगा नगरपालिकाका ६३ सय ६३ किशोरीलाइ पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ ।


कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ । किशोरीलाई सानै उमेरबाट नै क्यान्सरबाट जोगाउन खोप अभियान सञ्चालन गर्न लागिएको त्रियुगा नगरपालिका उदयपुरका मेयर बसन्त कुमार बस्नेतले बताउनुभयो ।


माघ २३ गते देखी २८ गते सम्म सञ्चालन हुने खोप अभियानका लागि त्रियुगा नगरपालिका भित्र  बिद्यालय र समुदायमा गरी १ सय ३ केन्द्र तोकिएको छ जसमा १ सय १० जना स्वास्थ्य कर्मी र २ सय १३ स्वयम सेवक खटिने मेयर बस्नेतले बताउनुभया ।


यस्तै सरकारले आगामी वर्षबाट नियमित खोप अभियानमा समेत पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप समावेश गराउने जनाइएको छ । नेपालमा हरेक वर्ष पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको मृत्यु हुने गरेको छ ।  ‘एचपिभी’ खोप ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोग रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख किरण कुमार कार्कीले बताउनुभया  ।


पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसविरुद्ध खोप लगाउनुपर्ने स्वास्थ्यकर्मीको भनाइ छ । यो भाइरस कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने धेरै जनासँग यौन सम्पर्क राख्ने, अंकमाल गर्ने जस्ता कारणले यो सर्ने बिज्ञको भनाइ रहेको छ ।


नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर बढी देखिने र त्यसपछि स्तन क्यान्सर रहेको छ । चिकित्सकका अनुसार नेपालमा महिलाको मृत्यु हुने प्रमुख कारणमध्ये पाठेघरको क्यान्सर एक हो । पाठेघर मुखको क्यान्सर हुने मुख्य भूमिका ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को कारण हुन्छ ।

सम्बन्धित समाचारहरु

दुइ नाल भरुवा बन्दुक ...

उदयपुर । उदयपुरमा दुइ नाल भरुवा बन्दुक सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा रौतामाई गाउँपालिक ...

भालुको आक्रमणबाट उदय ...

कटारी । उदयपुरमा सोमबार बिहान भालुको आक्रमणबाट एक जना घाइते भएको छ । घाइते हुनेमा जिल्लाको कटारी नगर ...

उदयपुरमा रुखबाट लडेर ...

उदयपुर । शनिबार उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जा ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved