उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा न. ६ जलजलेमा यही माघ २३ गतेदेखी फागुन ३ गते सम्म पहिलो त्रियुगा जलजले महोत्सव हुनेभएको छ ।
आयोजक स्वर्णिम युवा क्लव जलजलेले बिहिबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवको जानकारी गराएको हो । स्वदेशमा शिक्षा ,रोजगार , कृषि पर्यटन क्षेत्रमा लगानी बिस्तार मुल नारा रहेकोे महोत्सवको आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले बताउनुभयो।
महोत्सवमा खानाको परिकार, कपडा, कस्मेटिक, जुत्ता , घरेलु उत्पादन संगै १ सय स्टल रहनेछ । महोत्सब अबधिभर करिब ८० लाख बराबरको कारोबार हुने आयोजकले अनुमान गरेको छ । हाल महोत्सवको लागि विभिन्न समिति र उपसमिति बनाइ काम भइरहेको अध्यक्ष चौधरीले बताउनुभयो ।
यस्तै महोत्सवमा स्थानिय कलाकारको साथमा दैनिक राष्ट्रिय स्तरको कलाकार दुर्गश थापा, ज्योती मगर, सविन राइकोपनी प्रस्तुती रहने आयोजनकले जनाएको छ ।
महोत्सवको मुख्य प्रायोजक फर्मि मोटर्स रहेको छ भने सह प्रयोजकमा बन्दिपुर केवलकार र संयोजन त्रियुगा नगरपालिका गाइघाट उदयपुर रहेको छ । महोत्सव उदयपुर सिमेन्ट उधोगको खेल मैदान देउरीमा हुनेछ ।
यसैगरी महोत्सवमा बिद्यार्थिलाइ टिकटमा ५० प्रतिशत छुटको ब्यबस्था गरिएको आयोजकको भनाइ छ भने टिकट दर रु १ सय, १ सय पचार र २ सय रहनेछ । महोत्सवबाट उठेको ४० प्रतिशत रकमले जलजले बजार नजिक रहेको पोखरिमा पार्क निर्माण गरिने मेला आयोजक स्वर्णिम युवा समुहले जनाएको छ ।
Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved