उदयपुरमा फागुन १६ र १७ गते साइड टु कोशी दोश्रो संस्करण हुने

alt
  • माघ १७, २०८१
  • पूर्बेली दर्पण


उदयपुर । जिल्ला साइक्लिङ संघ उदयपुरको आयोजनामा यही फागुन १६ र १७ गते राइड टु कोशीको दोश्रो संस्करण हुनेभएको छ ।


बिहिबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला साइक्लिङ संघ उदयपुरले उत्त कुरा सार्वजनिक गरेको हो । नेपाली सेनाको सहयोगमा गरिने उक्त कार्यक्रममा जिल्ला तथा जिल्ला बाहिरका करिव २ सय ५० देखी ४ सयको सहभागी रहने छ ।


सदरमुकाम गाइघाट , बेल्टार , रामपुर हुँदै चतरा उदयपुर तर्फको कोशीटप्पु सम्मको यात्रा पुरा गरेर अर्कोदिन सोही रुटहुदै त्रियुगा नगरपालिका वडा न. ३ मा रहेको १८ न. बाहिनी भुल्के ब्यारेकमा कार्यक्रमको समापन हुने छ ।


कार्यक्रममा भुपु प्रधान सेनापती गौरब समसेर जबर जिल्लाका बिभिन्न स्थानिय तहका प्रमुख तथा उपप्रमुखको सहभागिता रहने आयोजकले जनाएको छ भने कार्यक्रमको मुख्य उदेश्य स्वास्थ्य , फिटनेस, एकता र बातावरणीय सचेतनालाइ प्रवद्धन गर्ने उदेश्य रहेको जनाइएको छ ।


यस्तै आजको बढ्दो शहरीकरणकोकारण युवा पुस्तामाझ लागु औषधको  दुब्र्यसन बढिरहेकोले र मोटरसाइकल जस्ता सवारीसाधनमा दुर्घटनाको जोखिम बढेको हुदा साइकलको प्रयोगले स्वस्थ समाज निर्माणमा टेवा पुग्नुको साथै वातावरणीय हिसावले पनी सकारात्मक प्रभाव पार्न सक्ने भएकोले साइकल चलाउन प्रेरित गर्न कार्यक्रमको आयोजना गर्न लागिएको आयोजक जिल्ला साइकिलिङ संघ उदयपुरका अध्यक्ष माधव बानियले बताउनुभयो।


यस्तै कोशी प्रदेश सरकारले २०८२ लाइ पर्यटन बर्ष घोषणा गरेकोले उक्त कार्यक्रमलाइ समेट टेवा पुर्याउने उदेश्यले साइड टु कोशी आयोजना गर्न लागिएको अध्यक्ष बानियले बताउनुभयो ।

सम्बन्धित समाचारहरु

ब्राउन सुगर सहित एक ...

उदयपुर । उदयपुरमा प्रतिबन्धित लागू औषध ब्राउन सुगर १ ग्राम ७५० मिलिग्राम र नेपाली नगद रु ३ हजार ४ सय ...

उदयपुरमा २० हजार २ स ...

इश्वर बलम्पाकी मगरउदयपुर । उदयपुरमा मंगलबारबाट कोरोना भाइरस कोभिड १९ बिरुद्धको दोस्रो बुस्टरडोज फाइज ...

त्रियुगाको आव २०८२/८ ...

उदयपुर ।  त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३  को नीति तथा कार्यक्रम सार्वजनिक ...

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved