माघ २३ देखी उदयपुरमा पाठेघरको मुखको क्यान्सर प्रतिरोधात्मक खोप लगाइने

alt
  • माघ १५, २०८१
  • पूर्बेली दर्पण

उदयपुर । उदयपुरमा यही माघ २३ गतेदेखी महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर बिरुद्ध खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय उदयपुरले मंगलबार एक कार्यक्रमको आयोजना गर्दै माघ २३ देखी फागुन ७ गते सम्म दुइ चरणमा पाठेघरको मुखको क्यान्सर बिरुद्ध (एच.पिभी) खोप लगाउन लागिएको जनाएको छ ।

पहिलो चरणमा त्रियुगा नगरपालिका, बेलका नगरपालका, लिम्चुङबुङ गाउँपालिका र रौतामाई गाउँपालिका यस्तै दोस्रो चरणमा कटारी नगरपालिका, चौदण्डीगढी नगरपालिका, ताप्ली गाउँपालिका र उदयपुरगढी गाउँपालिकामा लगाईने भएको छ ।

खोप केन्द्र विद्यालयमा २८३, स्वास्थ्य संस्थामा ९२ समुदाय तथा खोप केन्द्रमा २१ गरी ३९६ ओटा खोप केन्द्रहरु तोकिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सुचना अधिकारी चिरन्जिबी निरौलाले जानकारी दिनुभयो ।

निरौलाका अनुसार खोप १० देखी १४ बर्ष उमेरका कक्षा ६ देखी कक्षा १० सम्म अध्यनरत २० हजार १ सय २२ जना किशोरीहरुलाइ निशुल्क लगाइने भएको हो । जसको लागि स्वास्थ्यकर्र्मी ४०३ र स्वयम्सेवक ७९९ गरी १२ सय २ जना जनशक्ति खटाईदै छ ।

पाठेघर मुखको क्यान्सर यौन सम्पर्क, अंकंमाल, चुम्बन गर्दा र्यालको सम्पर्कबाट सर्ने गरेको पाईएको छ । विश्वमा ५ लाख ७० हजार महिलाहरुमा पाठेघरको मुखको क्यानसर हुँदा ३ लाख ११ हजार महिलाहरुको मृत्यु हुने गरेको तथ्याङकमा उल्लेख छ । नेपालको सन्दर्भमा भने २१९९ लाई पाठेघर मुखको क्यान्सर हुँदा १३१३ जनाको मृत्यु हुने गरेको छ । यस हिसावले प्रत्येक दिन पाठेघरको मुखको क्यान्सरकै कारण ४ जना आमाहरुको ज्यान जाने गरेको छ ।

एक नयाँ अध्ययनका अनुसार एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ ।

सम्बन्धित समाचारहरु

दुईजनाको शब फेला ...

चन्द्रकला ढकालउदयपुर । बुधबार बिहान उदयपुरको चौदण्डिगढी नगरपालिका वडा न. ४ मा एकै ठाउँमा दुइ जनाको श ...

त्रियुगा १६ भोर्लेमा ...

त्रियुगा  नगरपालिका–१६  स्थित भोर्लेमा सिंचाई कुलो निर्माण सम्पन्न भए पछि ...

सुनको सिक्री चोरी ग ...

चन्द्रकला ढकाल उदयपुर । उदयपुरमा सुनको सिक्री चोरी गरी भाग्दै गरेको अबस्थामा एक जना पक्राउ परेको छ ...

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved