एकीकृत समाजवादी झापाको बिस्तारित बैठक सम्पन्न, आगामी चैतमा अधिवेशन गर्ने

alt
  • माघ ९, २०८१
  • पूर्बेली दर्पण

बिर्तामोड, नेकपा (एकीकृत समाजवादी) झापाको आज बिर्तामोडमा विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले जिल्ला कमिटी झापा र कोशी प्रदेश कमिटीको पहिलो अधिवेशन तयारी र व्यवस्थानका बारेमा छलफल गरेको छ । बिर्तामोडस्थित एकीकृत समाजवादी पार्टीको कार्यालयमा मंगलबार सम्पन्न बैठकले जिल्ला कमिटिी झापाको अधिवेशन आगामी चैत तेस्रो साता सम्पन्न गर्ने भएको छ । सो अधिवेशन सम्पन्न गर्नका लागि बैठकमा प्रारम्भिक चरणका तयारी र व्यस्थापनका बारेमा छलफल भएको हो । त्यस्तैं, चैतमा हुने भनिएको पार्टी प्रदेश कमिटीको प्रथम अधिवेशन, चैत ५ गते हुने स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियू) निर्वाचनका बारेमासमेत बैठकमा छलफल भएको छ ।स्ववियु निर्वाचनका लागि अनेरास्ववियू जिल्ला कमिटी र जिल्ला कमिटी पार्टी झापाका विद्यार्थी इन्चार्जसंग अन्तरक्रिया र छलफल गर्ने बैठकमा भएको छ । बैठकले दिवगंत निश्चल राजभण्डारीप्रति श्रद्धासुमन तथा शोकाकुल परिवारमा शोक समवेदना प्रस्ताब पारित गरिएको छ । दिवगंत राजभण्डारी पार्टीकी केन्द्रीय सदस्य तथा नेकपा (एकीकृत समाजवादी) झापाकी सहइन्चार्ज चन्द्रा श्रेष्ठका पुत्ररत्न हुन् । भद्रपुर नगरकी पूर्व उपप्रमुख तथा अधिबक्ता श्रेष्ठकी एक मात्रै छोरा निश्चल राजभण्डारी काठमाण्डौंस्थित निजी घरबाट घरायसी सामाग्रीहरु किनमेलका लागि बजार जाने क्रममा स्कुटर दुर्घट्नामा परेका थिए । २८ बर्षिय निश्चल राजभण्डारीसंगैं स्कुटरमा श्रीमति सवार थिए । दुर्घट्नामा सुख्त घाइते अवस्थामा राजभण्डारीको उपचारको क्रममा अस्पतालमा मृत्यू भएको थियो । पार्टी झापा अध्यक्ष बेदराज रेग्मीको अध्यक्षतामा बैठक सम्पन्न भएको थियो । बैठकमा केन्द्रीय सदस्य तथा झापा इन्चार्ज पुष्पराज पोख्रेलको उपस्थिति रहेको थियो । सोही बैठकमा केन्द्रीय सदस्य तथा सहइन्चार्ज नीलमणी बराल, केन्द्रीय सदस्य सबिता भण्डारी भेटुवाल, प्रदेश कमिटी सदस्य बासु दुलाल, जिल्ला कमिटी झापाका उपाध्यक्ष उमेश तिम्सिना, समाजवादी प्रेष संगठनका केन्द्रीय सदस्य अनिलदेब राई, बिर्तामोड नगर इन्चार्ज श्रीप्रसाद मिश्र, बिर्तामोड नगर अध्यक्ष श्रीप्रसाद सिटौला, दमक नगर अध्यक्ष हरिप्रसाद नेपाल, युवा संघ नेपालका केन्द्रीय सदस्य प्रतिक राजवंशी, भूमि आयोगका पूर्व सदस्य तथा भद्रपुर नगर सचिव सानु कुमार लामा, अनेमसंघ झापाकी उपाध्यक्ष सरस्वती लिम्बु लगायतका नेताहरुको उपस्थिति थियो ।

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved