मेयर रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु

alt
  • पुस १३, २०८१
  • पूर्बेली दर्पण

उदयपुर — त्रियुगा नगरपालिकाको आर्थिक सहयोग तथा नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा तेस्रो त्रियुगा अन्तर मा.वि. मेयर रनिङ शिल्ड प्रतियोगिता बुधबारबाट सुरु भएको छ । त्रियुगा नगरपालिका वडा नं ५ स्थित जनता माध्यामिक बिद्यालयदेउरीको खेलकुद ग्राउन्डमा प्रतियोगिता शुरु भएको हो ।

स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकद, खेलकुल हाम्रो सान, स्थानिय खेलाडि उत्पादनमा हाम्रो अभियान, भन्ने नारा सहित सुरु भएकाे प्रतियोगिताको आज नगर प्रमुख बसन्त बस्नेतले उद्घाटन गर्नु भएको हो । नगर क्षेत्रका संस्थागत र सामुदायिक गरि ३७ विद्यालय सहभागी रहने प्रतियोगितामा भलिबल (महिला-पुरुष), कबड्डी (महिला-पुरुष), एथलेटिक्स, तेक्वान्दो र कराते गरी ५ विधाका खेलहरू समावेश गरिएका छन् ।

471433428_3049251638570577_3960019121731957456_n

विद्यार्थीलाई पढाईमा मात्र सिमित गर्न नहुने भन्दै हप्ताको अन्तिम दिन शुक्रबार बुक फ्री डे घोषणा गरेर विद्यार्थीलाई अनिवार्य अतिरिक्त क्रियाकलापमा सहभागी गराएको र हरेक वर्ष मेयर रनिङ शिल्ड प्रतियोगिता मार्फत विद्यार्थीलाई पुरस्कृत गर्दै लैजाने योजना अनुसार प्रतियोगिताको आयोजना गरिएको नगर प्रमुख बस्नेतले बताउनु भयो ।

नगर प्रमुख बस्नेत्रले नगरपालिकाले शिक्षा क्षेत्रको सुधार, विद्यार्थीमा आफ्नो क्षेत्रका बारेमा ज्ञान आर्जन गर्न तथा स्थानीय समाज, ज्ञान, सिप र समेटी स्थानीय कक्षा १ देखि कक्षा ८ सम्मको पाठ्यपुस्तक तयार गरि बिद्यालयमा अनिवार्य पठनपाठन शुरु गराएको बताउनु भयो।

विद्यार्थीलाई पढाइसँगै अतिरिक्त क्रियाकलापमा खेलकुदले आत्मनिर्भरता, स्वावलम्बन र अनुशासनको विकासमा महत्वपूर्ण भूमिका खेल्ने भन्दै सहभागी बिद्यालयलाई उत्कृष्ट प्रदर्शन गर्न आग्रह गर्दै नगर उप प्रमुख महेश्वरी राइले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताइन । राष्ट्रिय स्तरका प्रतियोगितामा छनोट हुने प्रतियोगिताका लागि मेयर रनिङ शिल्ड प्रतियोगिता एउटा आधार रुपमा रहेको र यसले विद्यार्थीमा खेल भावानाको बिकास गराउने उल्लेख गर्नु भयो ।

नगरपालिकाले बर्षेनी आयोजना गर्ने मेयर रनिङ शिल्डमा खेलकुद बाहेक सांस्कृतिक र अन्य कार्यक्रम भने फरक मितिमा राख्ने गरेको छ । सांस्कृतिक र अन्य कार्यक्रम फरक मितिमा राखेता पनि सम्पन्न भैसकेका कारण ती कार्यक्रमको समेत अंक जोडेर प्रतियोगिताको बिजयी चुनिने गरिन्छ । यस अगाडिको दोस्रो त्रियुगा अन्तर मा.वि मेयर रनिङ शिल्ड प्रतियोगितामा ३ सय १५ अंक प्राप्त गर्दै त्रियुगा नमुना मा.वि. प्रथम भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, नगरपालिकाका १६ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु र विभिन्न बिद्यालयबाट आएका हजारौ क्षिक्षक बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।

 

सम्बन्धित समाचारहरु

दुइ नाल भरुवा बन्दुक ...

उदयपुर । उदयपुरमा दुइ नाल भरुवा बन्दुक सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा रौतामाई गाउँपालिक ...

भालुको आक्रमणबाट उदय ...

कटारी । उदयपुरमा सोमबार बिहान भालुको आक्रमणबाट एक जना घाइते भएको छ । घाइते हुनेमा जिल्लाको कटारी नगर ...

उदयपुरमा रुखबाट लडेर ...

उदयपुर । शनिबार उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जा ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved