उदयपुर, गाइघाटका विभिन्न ६ वटा वैङ्कहरुले त्रियुगा नगरपालिका र जिल्ला प्रहरी कार्यालय उदयपुरसँगको सहकार्यमा १४ थान सिसिटिभी क्यामेरा हस्तान्तरण गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रत्यक्ष निगरानीमा सञ्चालन गर्ने गरी हस्तान्तरण सिसि क्यामरा हस्तान्तरण गरिएको हो ।
गाईघाट स्थित राष्ट्रिय वाणिज्य वैङ्क, कृषि विकास वैङ्क, सानिमा वैङ्क, ग्लोबल आईएमई वैङ्क, लक्ष्मी सनराईज वैङ्क र सिद्दार्थ वैङ्कका शाखा प्रमुखहरुले एकमुष्ट १४ थान सिसिटिभि जिल्ला प्रहरी कार्यालय उदयपुरलाई हस्तान्तरण गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीले जानकारी दिनुभयो ।
क्यामरा बुझ्दै प्रमुख योगीले यस प्रकारको सकारात्मक पहलले प्रहरी र समुदायबीचको सहकार्यको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको तथा यसले सुरक्षा व्यवस्थापनलाई अझ सुदृढ गर्ने र सिसिटिभी निगरानी व्यवस्थाको प्रभावकारी सञ्चालनले विशेष गरी बैंक तथा वित्तीय संस्थामा हुने सम्भावित अपराध रोकथाममा महत्वपूर्ण सहयोग गर्ने बताउनु भयो ।
Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved