उदयपुर । उदयपुरको बेलका नगरपालिका वडा नं ९ मा माओवादी केन्द्रका उम्मेदवार भरत घिमिरे विजयी हुनुभएको छ । घिमिरेले ५ सय ५९ मत प्राप्त गरी वडा अध्यक्ष पदमा विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेका मोहन खड्काले ५ सय २५ मत प्राप्त गर्नुभएको छ ।
यस्तै नेपाली काँग्रेसका नवीन बस्नेतले ४०४,जसपा का राजकुमार राईले २०७, राष्ट्रिय स्वतन्त्र पार्टीका तेजमान विकले १२३ राष्ट्रिय प्रजातन्त्र पार्टीका टिकाप्रसाद फुयाँलले २७ र मङ्गोल नेशनल अर्गनाइजेसका सुरे तामाङले ५ मत प्राप्त गर्नुभएको छ ।
यस अघि सो वडाबाट नेपाली काङ्ग्रेसले अध्यक्ष जितेको थियोे । काङ्ग्रेसबाट निर्बाचित पदम खड्काको सवारी दुर्घटनामा परि मृत्यु भए पछी मंसिर १६ गते उपनिर्वाचन भएको हो ।
यस अघि उत्त वडामा ५ सय मत गणना गर्दा नै २२० मत बदर भएको भनी सार्वजनिक गरिएको थियो बदर मत धेरै भयो भनेर दलहरूबिच विवाद हुदा पुन मत गणना गरिएको थियो । हाल सार्वजनिक गरिएको परिणाम अनुसार ३५ मत मात्र बदर भएको छ ।
Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved