उदयपुर र खोटाङ जोड्ने फोक्सिन्टारको पक्कीपुल बाढीले बगायो

alt
  • आश्विन १२, २०८१
  • पूर्बेली दर्पण

उदयपुर । सगरमाथा राजमार्ग अन्तर्गत उदयपुर र खोटाङ जोड्ने फोक्सिन्टारको पक्कीपुल शनिबार बाढीले बगाएको छ । अबिरल वर्षासँगै सुनकोशीमा आएको बाढीले सोे पुल बगाएको सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद रेग्मीले बताए ।

रेग्मीका अनुसार पुल नाघ्नेगरी उर्लिएको बाढीले पिलर भाँचेर पुल बगाएको थियो । कोशीमा पानीको सतह निकै बढेको कारण दिउसो ३.४० मा पुल बगाएको स्थानिय केदार राईले बताए ।करिब १२ बर्ष अघि देखि बन्नु सुरु भएको आर्क डिजाइको उक्त पुल २ बर्ष अघि सन्चालनमा आएको थियोे ।

उदयपुरको रौतामाई गाउपालिका ५ फोक्सिङटार र खोटाङको लिच्किराम्चे दुबै गाउपालिकाको सिमामा उक्त पूल निमार्ण भएको थियोे । पुल भत्किएपछि खोटाङसँगको सडक सम्पर्क विच्छेद भएको छ ।

सम्बन्धित समाचारहरु

दुइ नाल भरुवा बन्दुक ...

उदयपुर । उदयपुरमा दुइ नाल भरुवा बन्दुक सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा रौतामाई गाउँपालिक ...

भालुको आक्रमणबाट उदय ...

कटारी । उदयपुरमा सोमबार बिहान भालुको आक्रमणबाट एक जना घाइते भएको छ । घाइते हुनेमा जिल्लाको कटारी नगर ...

उदयपुरमा रुखबाट लडेर ...

उदयपुर । शनिबार उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जा ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved