बालदिवसमा अन्नपूर्ण र उदयसि पहिलो

alt
  • आश्विन २, २०८१
  • पूर्बेली दर्पण


उदयपुर
    बालबालिकाको क्षमता अभिबृद्धि र बालसहभागितामा जोड दिँदै ६० औँ राष्ट्रिय बालदिवसको अवसरमा आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगितामा अन्नपूर्ण र उदयसि स्कुल पहिलो भएका छन् ।
    नगर बालसंञ्जालको समन्वयमा त्रियुगा नगरपालिकाले होटल इम्पायरमा आयोजना गरेको प्रतियोगितामा माध्यमिक तह (९–१२)तर्फ अन्नपूर्ण माध्यमिक बिद्यालय त्रिनपा ५ ले २१ वटा प्रतिसपर्धि बिद्यालयलाई पछि पार्दै पहिलो स्थान ओगटेको हो ।
    प्रतियोगितामा क्यानभास एकाडेमी त्रिनपा ११ दोश्रो, लालिगुँरास अंग्रेजी वोडिङ स्कुल त्रिनपा ११ तेश्रो र जनता माध्यमिक बिद्यालय त्रिनपा ५ देउरीले सान्त्वना स्थान हासिल गरेका छन् । माध्यमिक तहतर्फ सामुदायिक र संस्थागत गरी २२ बिद्यालय सहभागिता जनाएको आयोजक नगरपालिकाका महिला तथा बालबालिका ईकाइ प्रमुख निरु कार्कीले जानकारी दिईन् ।
त्यसैगरी आधारभूत तह (१–८)तर्फ त्रियुगा नगरपालिका ६ जलजलेस्थित उदयसि अङ्ग्रेजी माध्यमिक बिद्यालयले २५ वटा बिद्यालयलाई पछि पार्दै पहिलो स्थान ओगटन सफल भएको उनले बताईन् ।
प्रतियोगितामा समता स्कुल गाईघाट त्रिनपा ११ दोश्रो, उदयपुर मनकामना इङ्लिस वोडिङ स्कुल त्रिनपा १२ तेश्रो र क्रिमसन एकाडेमी त्रिनपा ४ वगाहाले सान्त्वना स्थान हासिल गरेका छन् । आधारभूततर्फ २६ वटा बिद्यालय सहभागि रहेको उनले बताईन् ।
प्रतियोगिताका पहिलो, दोश्रो, तेश्रो र सान्त्वना स्थान हासिल गर्ने सबैलाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो । यस बर्ष ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यका थालनी भन्ने मुलनाराकासाथ ६० औँ बालदिवस देशभरका बिबिध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नगरपालिकाका उपमेयर महेश्वरी राईले बालबालिकाको वृहत्तर विकासका लागि हाजिरीजवाफ जस्ता कार्यक्रमले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताईन् । उनले भनिन्, ‘भविष्यका कर्णधारलाई आजदेखि नै कितावी ज्ञानसँगै वहिरी ज्ञान दिनसके परिपक्वता र केहि गरौ भन्ने भावना पैदा हुन सक्दछ । उनले बालबालिकाको वृहत्तर विकासमा नगरपालिकाले बर्षेनी लगानी गर्दै आएको बताईन् ।
कार्यक्रममा नगरपालिकाका वडानं ३ का वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक तिलक कटुवाल, निमित्त प्रमुख प्रशासकिय अधिकृत राजकुमार खड्का लगायतले बोलेका थिए ।
प्रतियोगिताको सहजिकरण नगरपालिकाका अधिकृत बिष्णु खत्री, नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष भगवती खतिवडा र ईकाइ प्रमुख कार्की, रेणुका खड्का, अम्बिका भट्टराई, सुस्मिता केसी र अन्जन सिग्देल लगायतले गरेका थिए ।

सम्बन्धित समाचारहरु

मेयर रनिङ शिल्ड प्रत ...

उदयपुर — त्रियुगा नगरपालिकाको आर्थिक सहयोग तथा नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा तेस् ...

अन्तर विद्यालय वडा अ ...

उदयपुर , त्रियुगा नगरपालिका वडा न.११ को सहयोगमा शुक्रबारदेखी सुरु भएको प्रथम वडा अध्यक्ष कप अन्तर वि ...

उदयपुरका विभिन्न ६ ...

उदयपुर, गाइघाटका विभिन्न ६ वटा वैङ्कहरुले त्रियुगा नगरपालिका र जिल्ला प्रहरी कार्यालय उदयपुरसँगको सह ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved