उदयपुर । नेकपा एकिकृत समाजबादी निकट नेपाल थारु संघ समाजबादी उदयपुरको निर्वाचित कमिटिलाइ शनिबार पद तथा गोपनीयताको शफत ग्रहण तथा प्रमाणपत्र प्रदान गरिएको छ ।
पाटी कार्यालय गाइघाटमा आयोजना गरिएको कार्यक्रममा निर्वाचित कमिटिलाइ पाटीका नव निर्वाचित केन्द्रिय सचिव तथा कोशी प्रदेश अध्यक्ष बलदेब चौधरीले पद तथा गोपनीयताको शफत ग्रहरण तथा प्रमाणपत्र बितरण गर्नुभएको हो ।
कमिटीको गत बैशाख २२ गते त्रियुगा नगरपालिका वडा न. १ जोगिदहमा प्रथम जिल्ला अधिबेशन सम्पन्न भएको थियो । अधिवेशनबाट अध्यक्षमा राम श्रेष्ठ चौधरी चयन हुनुभएको थियो ।
यस्तै उपाध्यक्षमा शंकर चौधरी बेलका नगरपालिका यस्तै अर्को उपाध्यक्षमा सन्तोस कुमार चौधरी गाइघाट महिला उपाध्यक्षमा विल कुमारी चौधरी चौदण्डी ज्यामिरे सचिवमा उत्तिम चौधरी बहेड्वा, उपसचिवमा महेश चौधरी रामपुर यस्तै कोषाध्यक्षमा सन्तोषि चौधरी निर्वाचित हुनुभएको छ ।
यसैगरी सदस्यहरुमा मुकेश कुमार चौधरी, अन्तराम चौधरी, विरेन्द्र चौधरी, अभिकरण चौधरी, श्यामनारायण चौधरी, कृत नारायण चौधरी, यदुनन्द चौधरी , प्रमिला चौधरी , शिव कुमार चौधरी र राजदेव चौधरी निर्वाचित हुनुभएको छ ।
कार्यक्रममा केन्द्रिय सदस्य अबधेश प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो ।
Copyright © 2018 / 2024 - Purbeli Darpan All rights reserved