उदयपुरमा भएकाे आमा छोरा हत्या घटनामाकाे अध्यन गर्न डीएसपीकाे नेतृत्वमा प्राविधिक टोली

alt
  • भदौ २१, २०८१
  • पूर्बेली दर्पण


उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्छबिसेमा आमा छोराको हत्या घटनामा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयका डीएसपी राजन चापागाईंको नेतृत्वमा प्राविधिक टोली पठाइएको छ।

वडा कार्यालय नजिकै किराना पसल गर्दै आएकी अन्दाजी ४० वर्षीया निर्मला थापा र उनका छोरा अन्दाजी ६ वर्षीय आरुस थापाको बिहान करिब ६स्३० बजे पसल भित्रै शव भेटिएपछि घटना शंकास्पद बनेको छ ।

समयमा नै पसल बन्द गरेर राती सुतेका उनीहरू बिहान एकाएक मृत अवस्थामा फेला परेपछि घटना थप रहस्यमय बन्दै गएको छ। घटनाको प्रकृति हेर्दा धारिलो हतियार प्रहार गरिएकाले हत्या नै भएको स्थानीयको दाबी छ। तर, हत्या किन र कसले गर्यो भन्ने अहिलेसम्म प्रहरी र स्थानीय कसैले अनुमान गर्न सकेका छैनन्।
 

इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक उमेश महतोको नेतृत्वमा गएको प्रहरीको टोली अनुसन्धान जारी राखेको छ, भने घटनालाई थप मद्दत र सूक्ष्म अध्ययनका लागि डीएसपीको नेतृत्वमा टोली परिचालन गरिएको इल्ला प्रहरी कार्यालय उदयपुरका एसपी हरिनाथ योगीले बताए।

उनले भने, ‘घटनास्थलमा टेलिफोन नेटवर्क, इन्टरनेटको समस्या रहेकाले प्रविधि प्रयोग गर्न गाह्रो छ, त्यसैले हामीले सदरमुकामबाट कलडिटियल लगायतका प्रविधिका काम सकेर प्राविधिक टोली पठाएका छौं।’

सम्बन्धित समाचारहरु

उदयपुरमा पुर्व श्रीम ...

उदयपुर । उदयपुरमा आफ्नो पुर्व श्रीमतीको घाँटी काटेर टाउको बोकि पुर्व श्रीमान प्रहरी चौकी पुगेको छ । ...

एमाले उदयपुरद्धरा जि ...

उदयपुर । नेकपा एमाले उदयपुरले गत असोज १० देखी १२ गते सम्म परेको अविरल बर्षाका कारण उदयपुरमा भएको क्ष ...

राजाबास फुटवलको उपाध ...

उदयपुर ग्रामिणभेगमा खेल प्रतिको वढ्दो आकर्षणलाई प्रोत्साहन दिने उदेश्यले उदयपुरको रौतामाई गाउँपालिका ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2024 - Purbeli Darpan All rights reserved