बुवाको दुर्घटनापछी प्याराडाइजमा निशुुल्क पढ्दै थिए रिचेस्ट र उनको दिदी डिजी राई

alt
  • भदौ १७, २०८१
  • पूर्बेली दर्पण


उदयपुर । खोटाङको खोटेहाङ गाउँपालिका चिप्रिङ घर । हाल त्रियुगा नगरपालिका वडा न. ११ प्रगतीटोल  पुरानो गाइघाट डेरामा बसोबास । बुवा रविन राइ अटो चालक । रविनको करिव डेर बर्ष अघि त्रियुगा नगरपालिका वडा न. ११ चप्पनमा अटो दुर्घटनामा परी सक्त घाइते हुनुभयो । रविन अहिले हिनडुल गर्न र बोल्न सक्दैनन अथवा भनौ अहिले सम्म होस खुल्न सकेको छैन । उनै रविन र उनको श्रिमती कल्पना राइको छोरा हो रिचेस्ट राइ जस्को गत मंगलबार पोखरीमा डुबेर ज्यान गयो ।


रबिनको उपचारमा भको सबै सम्पती सकिएपछी प्याराडाइज स्कुल गाइघाटले रिचेस्ट र उनको दिदी डिजिलाइ निशुल्क पढाउदै आएको थियो तिनै परिवारमा मंगलबार बिहान अर्को बज्रपात पर्या एक छोरा र एक छोरी रहेको रबिन र कल्पनाको छोरा रिचेष्टको ज्यान गयो । साथिसंग खेल्न निस्केको ७ बर्षिय रिचेष्टको त्रियुगा नगरपालिका वडा न. ११ बरुवा बसपार्क नजिक रहेको पोखरीमा डुब्दा रिचेस्टले ज्यान गुमायो ।


परिवाको आर्थिक अबस्था रबिनको उपचारमा सकिएपछी छोरा छोरीलाइ पढाउन नसक्ने अबस्था हुदा बिद्यालयले बिगत १ बर्षदेखी डिजी र रिचेष्टलाइ निशुल्क पढाउदै आएको बिद्यालयका प्रिन्सिपल बाबुराम आचार्यले बताउनुभयो । ७ बर्षिय रिचेष्ट कक्षा १ मा अध्यनरत थिय भने उनकी दिदी डिजी अहिले कक्षा ५ मा अध्यनरत रहेकी  छिन ।


यसअघी आर्थिक अभावका कारन रविनको उपचार गर्न नसकिएको भन्दै रबिनका श्रिमती कल्पनाले  सहयोगको समेत याचना गर्नुभएको थियो । भको सबै सम्पती रविनको उपचारमा सकिएको भन्दै रविनको थप उपचारको लागि आर्थिक अभाव भएको उनको भनाइ थियो ।

सम्बन्धित समाचारहरु

मेयर रनिङ शिल्ड प्रत ...

उदयपुर — त्रियुगा नगरपालिकाको आर्थिक सहयोग तथा नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा तेस् ...

अन्तर विद्यालय वडा अ ...

उदयपुर , त्रियुगा नगरपालिका वडा न.११ को सहयोगमा शुक्रबारदेखी सुरु भएको प्रथम वडा अध्यक्ष कप अन्तर वि ...

उदयपुरका विभिन्न ६ ...

उदयपुर, गाइघाटका विभिन्न ६ वटा वैङ्कहरुले त्रियुगा नगरपालिका र जिल्ला प्रहरी कार्यालय उदयपुरसँगको सह ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved