नेकपा (एस) निकट अनेम संघ समाजवादीको आयोजनामा तिजको रौनक

alt
  • भदौ १५, २०८१
  • पूर्बेली दर्पण

उदयपुर । नेकपा एकिकृत समाजबादी निकट महिलाहरुको संघ अखिल नेपाल महिला संघ समाजवादी जिल्ला कमिटि उदयपुरको आयोजनामा शनिबार उदयपुरमा शुभकामना आदान प्रदान तथा दरखाने कार्यक्रमको आयोजना गरिएको छ ।


पाटी कार्यालयको सभाहल गाइघाटमा आयोजना गरिएको कार्यक्रममा वडा देखी जिल्ला स्तरका महिला नेताहरुको सहभागिता रहेको थियो यतिखेर तिजको रौनक सहर–बजार मात्र होइन गाउँ–गाउँमा पनि उत्तिकै छ ।


पाटीको पोलिट ब्युरो सदस्य दर्गा परियारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा केन्द्रिय सदस्य राममणि पोखरेल ,जिसस प्रमुख गौर बहादुर वि.क. सावित्रा थापा, राधा खड्का , पशुपती चौधरी, पाटी अध्यक्ष बोनोद खड्का लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रममा बिन्दा साही ठकुरीले स्वागत मन्तब्य राख्नुभएको थियो भने संचालन बिक्रमी मह्तो चौधरीले गर्नुभएको थियो ।  तिजको दिन निराहार (पानी नखाइ) व्रत बस्ने भएकाले विषेश गरि महिलाहरूले अघिल्लो दिन अर्थात दुतियाका दिन राति अवेर सम्म बसेर दर खाने चलन छ ।


हरितालिका (तीज) पर्व भाद्र शुक्ल तृतीयाका दिनमा देवाधिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। दर खाएपछि औपचारिक रूपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।


तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन, गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तऋषिको पूजा गरी तीज समापन हुन्छ ।  

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved