उदयपुर । जिल्लाको त्रियुगा र चौदण्डीगढी नगरपालिकाको सिमाना फुलजोरमा टिपर र मोटरसाईकल ठोक्किदा दुईको ज्यान गएको छ । ज्यान जानेमा जिल्लाको लिम्चुङबुङ गाउँपालिका घरभई त्रियुगा नगरपालिका ३ स्थित चाँप बस्ने २४ की हिरा राई र सुनसरीको रामधुनी नगरपालिका ३ बस्ने बर्ष ३० को रबिन श्रेष्ठ रहेका छन ।
पूर्वबाट आईरहेको प्र.१(०२(००१ख८५१४ को टिफरले विपरीत दिशाबाट आईरहेको प्र.१(०२(०५२प३९५८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो । उनिहरुको गाईघाटदेखि बेल्टार जाने क्रममा विपरित दिशाबाट आईरहेको टिफरसँग ठोक्किदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । हाल उनिहरुको शब पोस्टमार्टमको लागि जिल्ला अस्पताल उदयपुरमा राखिएको छ ।
Copyright © 2018 / 2024 - Purbeli Darpan All rights reserved