कर्मचारी संगठन लिम्चुङबुङको अध्यक्षमा ओली

alt
  • जेठ २०, २०८१
  • पूर्बेली दर्पण

उदयपुर । माओवादी केन्द्र निकट कर्मचारीहरुको छाता संगठन नेपाल राष्ट्रिय कर्मचारी संगठन लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा युवराज ओली चयन भएका छन् । गाउँपालिकाको केन्द्र बाराहामा आईतवार सम्पन्न संगठनको प्रथम भेलाले ओलीलाई अध्यक्षमा चयन गरेका हुन् ।

सम्मेलनले ओलीको अध्यक्षतामा ३१ सदस्यीय गाउँपालिका स्तरीय कार्यसमिति सर्वसम्मत चयन भएको जिल्ला अध्यक्ष रितकुमार राउतले बताए । अध्यक्ष राउतका अनुसार समितिको उपाध्यक्षमा रुपा राई र श्याम बहादुर कार्की चयन भएका छन् । सचिवमा जनजित अधिकारी र सहसचिवमा भोलानाथ भट्टराई चयन भएका छन् ।

त्यसैगरी संगठनको कोषाध्यक्षमा प्रमिला चौधरी चयन भएका छन् । यसैगरि सदस्यहरुमा बिजय कार्की, केशव कुमार थापा, बबिन राई, सृजना खड्का, रुपक तामाङ, सञ्जु राई, राजु दाहाल, न्यूमा अधिकारी, सबिता राई र मनिषा राई चयन भएका छन् ।

सदस्यहरुमा बिसन राई, राजन बि.क., तारा राई, बिपन राई, सुसिला सुब्बा, अमिन राई, गीता बिष्ट, गुमानशिंङ भुजेल र शोभा बुढाथोकी चयन भएका छन् । सदस्यहरुमै हापेन्द्र भट्टराई, निसन खत्री, तुलसा बोहरा, सबिता मगर, चन्द्र कुमारी बुढाथोकी र सगुन आछामे समेत चयन भएका छन् ।

कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री नारायण बुर्जा मगर, लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजर कुमार राई नेपाल पत्रकार महासंघ उदयपुरका पर्वअध्यक्ष महेश्वर चाम्लिङ, संगठनका प्रदेश उपाध्यक्ष ताराकिरण राई, सदस्य हिमाल दनुवार, पत्रकार गजेन्द्र राई, जिल्ला सचिव लक्ष्मण दनुवार, सहसचिव चुडामणि थापालगायत अतिथिहरुको उपस्थिति रहेका थिए ।

सम्बन्धित समाचारहरु

माओवादी केन्द्र त्रि ...

उदयपुर । नेकपा माओवादी केन्द्र त्रियुगा नगरको अध्यक्षमा पुन : मान वहादुर राई चयन हुनुभएको छ । नगरको ...

राष्ट्रीय स्वास्थ्यक ...

उदयपुर । शनिबार सम्पन राष्ट्रीय स्स्वास्थ्यकर्मी  महासंघ उदयपुरको तेश्रो अधिबेशनले देविन्द्र मग ...

उदयपुरमा होली खेल्ने ...

उदयपुर । होली खेल्ने क्रममा मादक पदार्थ र लागू औषध सेवन गरी झगडा र उच्छृङ्खल गतिविधि गर्ने १२ जना व् ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved