उदयपुर । सामुदायिक बिद्यालयमा कार्यरत प्रधानाध्यापकहरुको संगठन प्रीन्सिपल्स एसोसियसन अफ नेपाल (पान) उदयपुरको अध्यक्षमा राजकुमार ओझा चयन हुनुभएको छ । मंगलबार त्रियुगा उच्च मा.वि. गाइघाटमा भएको जिल्ला भरिको प्रधानाध्यापकहरुको भेलाले चौदण्डीगडी नगरपालिकाका ओझालाइ अध्यक्षमा सर्वहमत चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा श्याम बहादुर खत्री उदयपुरगढी गाउँपालिका , सचिवमा राम बहादुर केप्छाकी मगर बेलका नगरपालिका, सह सचिवमा कृष्ण बहादुर निरौला बेलका नगरपालिका, कोषाध्यक्षमा हिरालाल लामा त्रियुगा नगरपालिकाबाट चयन हुनुभएको छ ।
यसैगरी पालिका संयोजकहरुमा क्रमश बेलका नगरपालिका जीरमा राई, चौदण्डीगढी नगरपालिकामा गगन श्रेष्ठ, त्रियुगा नगरपालिकामा देव कुमारी मगर, रौतामाइ गाउँपालिकामा शेर बहादुर आले मगर, उदयपुरगढी गाउँपालिकामा अम्बर बहादुर कार्की, चिम्चुङबुङ गाउँपालिकामा युवराज सुवेदी , कटारी नगरपालिकामा बेद बिक्रम हमाल, र ताप्लि गाउँपालिकामा रोहित कुमार सिंह चयन हुनुभएको छ ।
सदस्यमा खिलाराज राइ चिम्चुङबुङ गाउँपालिका , तारा कुमारी कोइराला चौदण्डीगढी नगरपालिका र रविन राउत कटारी नगरपालिका चयन हुनुभएको छ । कार्यक्रम कोशी प्रदेशका बन तथा बाताबरण मन्त्री नारायण बहादुर बुर्जा मगरको प्रमुख आतिथ्यता तथा जिल्ला समन्वय समिती उदयपुरका प्रमुख गौर बहादुर बिश्वकर्माको बिशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
Copyright © 2018 / 2024 - Purbeli Darpan All rights reserved