गाईघाटमा मेडिकल कलेज स्थापनाको प्रक्रिया सुरु हुन्छ ः प्रधानमन्त्री

alt
  • जेठ १३, २०८१
  • पूर्बेली दर्पण


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उदयपुरको गाईघाटमा नै मेडिकल कलेज स्थापना गर्ने बताउनु भएको छ । मेडिकल कलेज स्थापनाको माग सहित राजधानी पुगेको त्रियुगा नगरपालिकाको प्रतिनिधी मण्डलसँग शनिबार भेटघाटको क्रममा प्रधानमन्त्री दाहालले सिंहदरबारमा उक्त कुरा बताउनु भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालले उदयपुरमा यसअघिनै मेडिकल कलेज स्थापना गर्ने निर्णय भईसकेको बताउनु हुदै त्रियुगा नगरपालिकाले प्रस्तावगरेको स्थानमा मेडिकल कलेज स्थापना गरिने बताउनु भयो ।
त्रियुगा नगरपालिकाको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले आगामी बजेटको तयारी रहेको बेला ध्यानाकर्षण गर्न आउनु भएकोले आगामी बजेटमा त्रियुगा नगरपालिकामा मेडिकल कलेज निर्माणको प्रक्रिया सुरु हुने स्पष्ट पार्नु भयो ।
प्रधानमन्त्री दाहालले नेपाल सरकारको घोषित नीति अनुसार उदयपुरको गाईघाटमा मेडिकल कलेज स्थापना गर्न कुनै समस्या नरहेको पनि बताउनु भयो । सो अवसरमा त्रियुगा नगरपालिकाका नगरप्रमुख बसन्त कुमार बस्नेतले गाईघाटमा मेडिकल कलेज स्थापनाका लागि त्रियुगा नगरपालिका वडा नं. ४ स्थित फछौट क्षेत्रमा ६३ विगाहा जग्गाको व्यस्थापन गरी मेडिकलका नाममा ल्याउन प्रक्रिया सुरु गरिसकिएको प्रधामन्त्रीलाई जानकारी गराउनुभयो ।
यसैबिच उक्त सर्वपक्षिय सर्वदलिय प्रतिनिधी मण्डलको टोली नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिबार भेटगरी मेडिकल कलेज उदयपुरको गाईघाटमा स्थापना गर्न आवश्यक पहल गर्न आग्रह गरेको छ ।
प्रतिनिधिमण्डल सँगको भेटमा अध्यक्ष ओलीले जनघनत्व, सदरमुकाम र जग्गा व्यवस्थापनको आधारमा गाईघाटमा नै मेडिकल कलेज स्थापना गर्न उपर्युक्त रहेको बताउनु भयो ।
मेडिकल कलेज गाईघाटमा नै स्थापना गर्नु पर्ने माग सहित पुगेको टोलीलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मेडिकल कलेज स्थापना गर्दा धेरै कुरा अध्ययन गरेर निर्णय गरिने भएकाले उदयपुरमा त्रियुगा नगरपालिकाको विकल्प नरहेको बताउनु भयो ।
त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले गाईघाटमा मेडिकल कलेज निर्माणको काम यस बर्षको बजेटमा समावेस गरेर अघि बढाउनको लागि अध्यक्ष ओलीलाई आग्रह गर्नु भएको थियो ।
संविधान सभा सदस्य तथा एमाले पोलिटब्यूरो सदस्य मन्जु कुमारी चौधरी, नेपाली काग्रेसका नेता विदुर बस्नेत, एमाले उदयपुरका अध्यक्ष भागवत राउत, कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार, त्रियुगा नगरपालिकाकी उपप्रमुख महेश्वरी राई, कोशी प्रदेश सांसद सम्झना तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टी उदयपुरका सभापति चित्र बहादुर कार्की, त्रियुगा नगरपालिकाका विभिन्न वडा अध्यक्ष सहितको टोलीले शिक्षा मन्त्री सुमना श्रेष्ठ, पूर्व शिक्षा मन्त्री अशोक कुमार राई, शिक्षा सचिव दीपक पाण्डेलाई भेटेर ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित समाचारहरु

नगरपालिकाले चार किल ...

उदयपुर । त्रियुगा नगरपालिका १२ स्थित बरुवा क्याम्पस गाईघाटले जग्गा व्यवस्थापनका चार किल्ला प्रमाणित ...

नेपाल थारु संघ समाजव ...

उदयपुर । नेकपा एकिकृत समाजबादी निकट नेपाल थारु संघ समाजबादी उदयपुरको निर्वाचित कमिटिलाइ शनिबार पद तथ ...

उदयपुरमा भएकाे आमा छ ...

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्छबिसेमा आमा छोराको हत्या घटनामा थप अनुसन्धान गर्न ज ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2024 - Purbeli Darpan All rights reserved