रेडक्रसको सभापतिमा मदन

alt
  • भदौ १९, २०८०
  • पूर्बेली दर्पण


उदयपुर
    नेपाल रेडक्रस सोसाइटी उदयपुर शाखामा मदनराज कटुवालको नेतृत्वले बैद्यानिकता पाएको छ । उच्च अदालत विराटनगरको भदौ १२ गते फैसलाले कटुवाल सभापति रहेको तर्दत समितिलाई बैधानिकता दिएको हो ।
नेपाल रेडक्रस सोसाइटी केन्द्रिय समितिको २०७८ कात्तिक २३ गतेको ३०८ औँ बैठकले तत्कालिन बिनोदकुमार बस्नेत नेतृत्वको उदयपुर शाखालाई विघठन गरी कटुवालको नेतृत्वमा १५ सदस्य तदर्थ समिति गठन गरेको थियो ।
केन्द्रिय समितिको निर्णय चित्तबुझ्दो नभएको भन्दै बर्खास्तमा परेका सभापति बस्नेतले उच्च अदालतमा अन्तरिम आदेशसहितको माग गर्दै रिट दायर गरेका थिए । बस्नेतको माग वमोजिम अदालतको प्ररम्भिक सुनवाईमा मुद्दा अन्तिम किनारा नभएसम्मका लागि पुरानै कार्यसमितिबाट कामकार्वाही अघि बढाउन अन्तरिम आदेश जारी गरेको थियो ।
अदालतको आदेशको पूर्ण पालना गर्दै आफुहरु पदवहाल रहेसम्मका व्यवहार वरबुझारथ गरी वाहिरिएको सभापति कटुवालले बताए । रिट उपर भदौ १२ गतेको सुनवाईमा बस्नेत नेतृत्वको विघठित कार्यसमितिबाट भएको रिट निवेदन खारेज गर्ने अदालतको फैसला पछि शुक्रबार कटुवालले पत्रकार सम्मेलनको आयोजना गरी पदभार ग्रहण गरेका हुन् ।
विद्यानमा भएका व्यवस्था वमोजिमका शाखाले पुरा गर्नु पर्ने वैद्यानिक दायित्व पुरा नगरेको, निर्वाचित कार्यसमितिको म्याद समाप्त भई आवधिक निर्वाचन नगराएको, गैरकानुनी तवरबाट संस्था संचालन गरेको, अनियमितता र अपारदर्शीतालाई वढावा दिएको र व्यक्ति स्वार्थका लागि श्रोत र साधन दुरुपयोग गरेको केन्द्रिय समितिको निष्र्कषपछि समिति विघठन गरेको उनले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै कटुवालले भने, ‘२०७८ मा पदभार ग्रहण गरेसँगै संस्थाको वृहत विकासको लागि स्वेत पत्र जारी गरी संस्थागत कार्यहरु सुरुवात गर्नसाथ अदालतको आदेश आयो, हामी आदेशको सम्मान गर्दै वाहिरियौ । देशभरका ७७ जिल्ला शाखामध्ये सबैभन्दा धेरै र राम्रा परियोजनाहरु उदयपुरमा सञ्चालन भएपनि त्यसको सहि सदुपयोग हुन नसकेको, कार्यालय परिसरमा रहेका सटरका भाँडा सिमित व्यक्तिले सिधै गोजीमा लगाउने परम्पराको अन्त्य गरी खातामा जम्मा गर्न सुरुवात गर्नसाथ आफुहरु वाहिरिनु परेको समितिका सदस्य राजकुमार राईले बताए ।
उनले भने, ‘रेडक्रस भित्रका फोहोरमैला फाल्ने, त्यहाँ भित्रका स्रोतसाधानको दुरुपयोग रोक्ने, आर्थिक अपचलन रोक्ने लगायतका निर्णय गरी स्वेत पत्र जारी हुनसाथ विघठित समिति भित्र ठुलो विचलन आएको थियो । उनले अपारदर्शि, जवाफदेहि विहिन र संस्थागत सिण्डिकेटको अन्त्य गर्दै आम समुदायको रेडक्रस बनाउने अभियानमा लाग्ने सभापति कटुवालले प्रतिवद्धता व्यक्त गरे ।
उनले विपद्को मलम लगाउने, अवैधानिक बाटोबाट गरिने गतिविधिलाई निरुत्साहि गर्दै रेडक्रसलाई रुपान्तरण, सुशासन र पारदर्शिताको निमित्त लागि पर्ने बताए । संस्थाका कोषाध्यक्ष महेन्द्र राईले केन्द्रिय कार्यसमितिको मार्गनिर्देशन र संस्थाको विधिविधान भित्र रही केहि दिन भित्रै एक बर्षे कार्ययोजना ल्याई जिल्लाबासीको मानविय सेवा र सरोकारको संस्था बनाउने बताए ।
उनले यसअघिको सिण्डिकेट प्रथाको अन्त्य गर्दै मानिविय हिसावले स्वयंमसेवकको रुपमा काम गर्ने सबै व्यक्तिलाई एप्समार्फत सदस्यता खुल्ला गरी वितरण गरिने बताए । संस्थाका मन्त्री महेश्वरी राईले वडा तहसम्म अभियान सञ्चालन गरी सबै पालिकामा रेडक्रस समिति बनाउने बताईन् । उनले भनिन्, अहिले १८ देखि ४० बर्ष उमेर समुहका सदस्य नै शााखामा छैन् त्यसैले युवालाई लक्षित गरी अभियान चलाउँछौ ।
कटुवाल नेतृत्वको समितिको उपसभापतिमा राजकुमार ओझा, मणिकादेवी दुलाल, मन्त्री महेश्वरी राई, कोषाध्यक्ष महेन्द्र राई, उपमन्त्री सहदेव खड्का, उपकोषाध्यक्ष सुमनकुमार चौधरी रहेका छन् । त्यसैगरी सदस्यहरुमा बिष्णुबहादुर मगर, सम्झना राई, मिथिला खतिवडा, गिता खड्का, राजकुमार राई, अशोक श्रेष्ठ, चन्द्रमणि गुरागाई र सुरेन्द्र बस्नेत रहेका छन् ।

सम्बन्धित समाचारहरु

नगरपालिकाले चार किल ...

उदयपुर । त्रियुगा नगरपालिका १२ स्थित बरुवा क्याम्पस गाईघाटले जग्गा व्यवस्थापनका चार किल्ला प्रमाणित ...

नेपाल थारु संघ समाजव ...

उदयपुर । नेकपा एकिकृत समाजबादी निकट नेपाल थारु संघ समाजबादी उदयपुरको निर्वाचित कमिटिलाइ शनिबार पद तथ ...

उदयपुरमा भएकाे आमा छ ...

उदयपुर । उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्छबिसेमा आमा छोराको हत्या घटनामा थप अनुसन्धान गर्न ज ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2024 - Purbeli Darpan All rights reserved