‘त्रियुगा ज्ञानमाला’ नामक स्थानिय पाठ्यपुस्तक तयार पारि वितरण शुरु

alt
  • भदौ १९, २०८०
  • पूर्बेली दर्पण


गाईघाट । उदयपुरको त्रियुगा नगरपालिकाले स्थानीय पाठ्यपुस्तक तयार पारी विद्यालयलाई वितरण सुरू गरेको छ । विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले यसै शैक्षिक सत्रदेखि नगरभित्रका संस्थागत र समुदायिक विद्यालयमा नियमित पठनपाठन हुने गरी नगरपालिका भित्रको सम्रग विषयबस्तुलाई समेटेर कक्षा १ देखी ५ सम्मका लागि ‘त्रियुगा ज्ञानमाला’ नामको पुस्तक विद्यालयमा वितरण सुरू गरिएको हो ।

एकसय पूर्णाङ्कको पुस्तकमा नगरभित्रका १६ वटै वडालाई समेटेर ऐतिहासिक,धार्मिक,सामाजिक, सांस्कृतिक, स्थानीय सीप र प्रविधि, पुशपालन र अन्य विविधि विषयहरूलाई पुस्तकमा समावेश गरिएको नगर प्रमुख बसन्त कुमार बस्नेतले बताए ।

‘विद्यार्थीलाई आफ्नै गाउँठाउको चिनारी गराउने उद्देश्यले स्थानीय पाठ्यपुस्तक तयार पारिएको छ, पुस्तकले विद्यार्थीलाई आर्कषित गर्ने छ’ नगर प्रमुख बस्नेतले भने। उनले विद्यार्थीमा आफ्नो क्षेत्रका बारेमा ज्ञान आर्जन गर्ने तथा अपनत्व हुनेगरी स्थानीय ज्ञान, सिप र प्रविधिलाई समेटी स्थानीय पाठ्यक्रम तयार पारिएको बताए ।

आफू बस्दै आएको ठाउँका धेरै कुरा नजिकबाट बुझ्ने अवसरका लागि नै स्थानीय पाठ्य पुस्तक लागू गरिएकाले आधारभुत तहसम्मका विद्यार्थीलाई स्थानीय विषयबस्तुका बारेमा जानकारी आवश्यकरहेकाले पुस्तक निर्माणगरि वितरण गरिएको नगर उपप्रमुख महेश्वरी राइले जानकारी दिइन ।

नगरपालिकाका प्रमुख बस्नेत, उपप्रमुख राई, शिक्षा शाखा प्रमुख शिव कुमारी राउत, नगर शिक्षा समितिका सदस्य तथा वडा नं ३ अध्यक्ष तिलक कटुवाल, वडा नं ४ का वडा अध्यक्ष बद्रि बस्नेत लगायतको उपस्थितिमा त्रियुगा नगरपालिका ४ बगाहामा रहेको शिवशाक्ती आधारभूत बिद्यालयबाट पुस्तक वितरण शुरु गरिएको हो ।

सम्बन्धित समाचारहरु

माओवादी केन्द्र त्रि ...

उदयपुर । नेकपा माओवादी केन्द्र त्रियुगा नगरको अध्यक्षमा पुन : मान वहादुर राई चयन हुनुभएको छ । नगरको ...

राष्ट्रीय स्वास्थ्यक ...

उदयपुर । शनिबार सम्पन राष्ट्रीय स्स्वास्थ्यकर्मी  महासंघ उदयपुरको तेश्रो अधिबेशनले देविन्द्र मग ...

उदयपुरमा होली खेल्ने ...

उदयपुर । होली खेल्ने क्रममा मादक पदार्थ र लागू औषध सेवन गरी झगडा र उच्छृङ्खल गतिविधि गर्ने १२ जना व् ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved