उदयपुर । नेपाल साइकिलिङस संघ उदयपुरको आयोजनामा टर्कीको भुकम्प पीडितलाइ सहयोग गर्न कोरा साइकिलिङ च्यालेन्ज २०८० आयोजना गरीएको छ ।
गाईघाटको पिपलचोक बाट शुरु भएको साइकिलिङ असारी , बहेडवा, मोतिगडा , बगाहा , जलजले, मोहनपुर, तोरिबारी , चुहाडे राजाबास माथिल्लो बोक्से हुदै पुन. पिपल चोकमा आएर समापन हुने उदयपुर साइकिलिङ संघका अध्यक्ष जितेन्द्र रोइलाले जानकारी दिनुभयो ।
त्रियुगा नगरपालिकाको सहयोगमा आयोजना गरीएको कोरा साइकिलिङ च्यालेन्ज उदयपुर पाचौं सस्करण हो । ५० किलोमिटर दूरीको कोरा साइकिलिङ च्यालेन्जमा एक सय भन्दा धेरैको सहभागिता रहेको छ । कार्यक्रमा आएको सहयोग रकम टर्कीको भुकम्प पीडितलाइ सहयोग गरिने अध्यक्ष रोइलाले बताउनुभयो ।
Copyright © 2018 / 2024 - Purbeli Darpan All rights reserved