त्रियुगा साना सहरी खानेपानीद्धारा धारा मर्मतसम्भार काममा तिब्रता

alt
  • असार २९, २०८०
  • पूर्बेली दर्पण


त्रियुगा । उदयपुरको त्रियुगा साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति संस्थाले धारा मर्मतसम्भार लगायतका अन्य काममा तिब्रता दिएको छ । नगरपालिकाको वडा नम्बर १० स्थित बोक्सेमा रहेको सो संस्थाले धारा मर्मतसम्भार लगायत अन्य काममा तिब्रता दिएको हो ।

मर्मतसम्भारको क्रममा मिटर प्याकिङ, चुहावट नियन्त्रण, धारा मर्मत लगायत ठाउँ–ठाउँमा लथालिङ्ग अवस्थामा रहेकाे पानीको पाएप व्यवस्थापन गर्दै आएको संस्थाका सचिव सन्तोष खड्काले बताए । सचिव खड्काका अनुसार पानीको सहि सदुपयोग होस् भन्ने उद्देश्यले उक्त अभियान सञ्चालन गरिएको हो ।

अभियानले उपभोक्ताको आवश्यकता अनुसार पानी वितरणमा सहज हुने छ । अभियानको नेतृत्व संस्थाको सचिव खड्का र कर्मचारी उमा थापा मगरले गरेका थिए । संस्थाबाट वितरण हुने पानी त्रियुगा नगरपालिकाको वडा नम्बर ९, १०, ११ र १२ का स्थानीयवासीहरुले उपभोग गर्दै आएका छन् । हाल उपभोक्ता घरधुरी संख्या २ हजार ७ सय २७ रहेको छ ।

सम्बन्धित समाचारहरु

ब्राउन सुगर सहित एक ...

उदयपुर । उदयपुरमा प्रतिबन्धित लागू औषध ब्राउन सुगर १ ग्राम ७५० मिलिग्राम र नेपाली नगद रु ३ हजार ४ सय ...

उदयपुरमा २० हजार २ स ...

इश्वर बलम्पाकी मगरउदयपुर । उदयपुरमा मंगलबारबाट कोरोना भाइरस कोभिड १९ बिरुद्धको दोस्रो बुस्टरडोज फाइज ...

त्रियुगाको आव २०८२/८ ...

उदयपुर ।  त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३  को नीति तथा कार्यक्रम सार्वजनिक ...

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved