उदयपुरमा झरी च्यालेन्ज फुटबल कप

alt
  • असार २९, २०८०
  • पूर्बेली दर्पण


उदयपुरको त्रियुगा नगरपालिका १० बोक्सेमा ‘प्रथम सेभेन ए साईड झरी च्यालेन्ज फुटबल कप २०८०’ सुरु भएको छ । सो कप नयाँ बस्ती फुटबल क्लबको आयोजनामा सुरु भएको हो ।

शुक्रबारदेखि शुरु भएको उक्त कपको उद्घाटन वडाअध्यक्ष किरण पाण्डेले गरेका थिए । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नाराका साथ सुरु भएको फुटबल आगामी साउन १४ गतेसम्म संचालन हुने क्लबका अध्यक्ष हेम राईले बताए । अध्यक्ष राईका अनुसार १६ वटा टिमले सहभागिता जनाएको छ ।

खेलको प्रथम स्थान हासिल गर्ने टिमलाई नगद २५ हजार रूपैयाँ सहित सिल्ड र प्रमाणपत्र रहेको छ भने दोस्रो स्थान हालिल गर्ने टिमलाई पुरस्कार नगद १५ हजार सहित सिल्ड र प्रमाणपत्र रहेको छ । खेल त्रियुगा १० बोक्सेस्थित नयाँ बस्ती खेल मैदानमा सुरु भएको हो ।

सम्बन्धित समाचारहरु

ब्राउन सुगर सहित एक ...

उदयपुर । उदयपुरमा प्रतिबन्धित लागू औषध ब्राउन सुगर १ ग्राम ७५० मिलिग्राम र नेपाली नगद रु ३ हजार ४ सय ...

उदयपुरमा २० हजार २ स ...

इश्वर बलम्पाकी मगरउदयपुर । उदयपुरमा मंगलबारबाट कोरोना भाइरस कोभिड १९ बिरुद्धको दोस्रो बुस्टरडोज फाइज ...

त्रियुगाको आव २०८२/८ ...

उदयपुर ।  त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३  को नीति तथा कार्यक्रम सार्वजनिक ...

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved