उदयपुरका १ लाख १४ हजार लाई टाइफाइड विरुद्धको खोप खोप लगाईने

alt
  • चैत २५, २०७८
  • पूर्बेली दर्पण

उदयपुर । शुक्रबारबाट देशभर टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको छ । देशभर एकै पटक सुरु भएको यो अभियानमा १५ महिना देखी १५ वर्षसम्मका बालवालिकाहरुलाई टाइफाइड विरुद्धको खोप लगाउँन लागिएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख वृजकुमार दासले बताउनुभयो ।

यस अभियानमा उदयपुरका १ लाख १४ हजार बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाईने प्रमुख दासले बताउनुभयो । उदयपुरमा पहिलो र दोस्रो चरणगरी दुई चरणमा खोप सञ्चालन गरिने भएको छ ।

पहिलो चरणमा चैत्र २५ गतेदेदि ३० गतेसम्म त्रियुगा, चौदण्डीगढी, बेलका नगरपालिका त्यसैगरी रौतामाई, लिम्चुङ गाउँपालिकामा खोप अभियान संञ्चालन भएको छ भने दोस्रो चरणको खोप भने बैशाख ४ बाट कटारी, ताप्ली र उदयपुरगढीमा संञ्चालन हुने प्रमुख दासले बताउनुभयो ।

अधिकांश खोप केन्द्र विद्यालयमा बनाइएको छ । खोपका लागि उदयपुर जिल्लाभर करिब ८ सय २७ जना स्वास्थ्यकर्मी र २३ सय ४ जना स्वययंसेवकहरु फिल्डमा खटाईने स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरञ्जिवी निरौलाले बताउनुभयो ।

सम्बन्धित समाचारहरु

ब्राउन सुगर सहित एक ...

उदयपुर । उदयपुरमा प्रतिबन्धित लागू औषध ब्राउन सुगर १ ग्राम ७५० मिलिग्राम र नेपाली नगद रु ३ हजार ४ सय ...

उदयपुरमा २० हजार २ स ...

इश्वर बलम्पाकी मगरउदयपुर । उदयपुरमा मंगलबारबाट कोरोना भाइरस कोभिड १९ बिरुद्धको दोस्रो बुस्टरडोज फाइज ...

त्रियुगाको आव २०८२/८ ...

उदयपुर ।  त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२÷८३  को नीति तथा कार्यक्रम सार्वजनिक ...

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved