उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका वडा न .१४ निपानेमा बिहिबार बिद्युत पुगेपछी उत्घाटन गर्नुहुदै नेकपा माओबादी उदयपुरका युवा नेता तथा उदयपुका सह इन्चार्ज किरण राइले ओलीले ३ बर्ष गफैमा सक्यो अहिलेको गठबन्धन सरकारले निशुल्क बिद्युत दिने निती ल्यायो भन्दै अहिलेको सरकार जनताको सरकार रहेको बताउनुभएको छ ।
राइले ओलि सरकारले यस्ता जनप्रिय काम गर्न नसकेको बताउदै एमाले पार्टी जनताको नभइ धनीबर्गहरुको मात्र पार्टी रहेको बताउनुभयो । उहाँले अहिलेको सरकारको योजना अनुसार निम्न बर्गको लागी निशुल्क बिद्युत दिने योजना ल्याएको बताउनुभयो । गाउँका अधिकांश घरले मासिक २० युनिट भन्दा बढि बिद्युत खपत नगर्ने भएकोले गाउँका निम्न बर्गका समुदयको लागि अब बिद्युत निशुल्क हुने बतउनुभयो ।
गाउँमा बिद्युत पुर्याउने दश बर्षदेखीको सपना बन्ल पुरा भएकोमा स्थानीय पनी हर्षित भएका छन । राष्ट्रिय विद्युत प्रशारण लाईन पुगेपछि निपानेका स्थानीयले बिहिबार लक्ष्मिपुजाकै दिन घर घरमा बत्तीबाली झिलिमिली बनाइएका छन । वडा कार्यालय र वडामा रहेको सामुदायिक बनको पहलमा निशुल्क मिटर बितरण गरीनुको साथै निशुल्क वाइरिङ समेत गरीएको छ । बिद्युत नेकपा माओबादी उदयपुरका सह इन्जार्ज किरण राइको हातबाट स्विच अन गरेर उत्घाटन गरीएको थियो ।
Copyright © 2018 / 2024 - Purbeli Darpan All rights reserved