सिभिल हस्पिटल गाइघाटको अर्को काण्ड, पैसाको लागि ज्यानमाथि खेलवाड भयो (आफन्त)

alt
  • चैत्र ३, २०७६
  • पूर्बेली दर्पण

उदयपुर ,
उदयपुरको गाईघाटमा रहेको सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले पैसाको लागि मानिसको ज्यानमाथि खेलवाड गरेको पिडितहरुले बताएका छन । एक दुर्घटनामा खुट्टा भाँचिएको विरामीको उपचारमा चरम लापरवाही गरेर जीवनको अन्तिम अवस्थामा पर्याएको र उपचारको नाममा ठूलो धनरासी खर्र्चाएको आरोप पिडितहरुको छ ।

अस्पतालको लापरवाहीका कारण त्रियुगा नगरपालिका ४ बगाहाका ७४ वर्षिय भुमिनन्द लुईटेललाई परिवारले अन्तिम अवस्थामा फर्काएर घरमा राखेका छन । परिवारले गाईघाट शिभिल अस्पतालकै चरम लापरवाहीले विरामीको अवस्था यस्तो भएको भन्दै यस्ता अस्पताल र डाक्टरलाई कारवाही हुनुपर्ने माग राखेको छ । भाँचिएको खुट्टाको हड्डी राम्ररी नजोडिदिनुका साथै उपचार र हेरचाहमा लापरवाही गरेपछि बाँच्ने मान्छे मृत्युको मुखमा पुगेको परिवारले जनाएको छ ।

खुस्किएको हात जोड्न लगाईएको स्टिल निकाल्दा हड्डी काटिदिएको घटना सेलाउन नपाउदै यो अर्को घटना बाहिरिएको हो । ठूलो धनरासी खर्चाएर पनि उपचारमा यस्ता लापरवाही गरेका अन्य घटनाहरु पनि बाहिरिदै गएका छन ।

घटना विवरण अनुसार गत माघ २२ गते त्रियुगा नगरपालिका १३ का २० वर्षिय राजकिशोर चौधरीले मोटरसाईकल चलाउदा बगाहामा लुईटेललाई ठक्कर दिएको थियो । ठक्करबाट लुइटेलको दाहिने खुट्टा भाँचियो । तत्कालै चौधरीले उपचारका लागि गाईघाट सिभिल हस्पिटल पुर्यायो । त्यहाँ प्राथमिक अवस्थाको उपचार भएपछि घटनाको पिडित र पिडक दुबै पक्षले बाहिरको अस्पताल लैजान खोजे । तर अस्पतालका सञ्चालक तथा डाक्टरले बाहिर नलैजान भन्दै सतप्रतिशत ठीक पारिदिने ग्यारेण्टी दिए । विश्वास गरेर अस्पतालको कुरा माने । तर उपचारको क्रममा लापरवाही देखिदै गयो । राम्रो उपचार नभएको गुनासो राख्दा पनि ठीकै हुदैछ भन्दै राखिरहे तर, एक्कासी १४ आंैं दिनमा विरामी यहाँ ठीक हुदैन जहाँ लैजाने हो लैजाउ भनियो । त्यतिन्जेलमा विरामीको अवस्था अतिनाजुक भईसकेको थियो । हातखुट्टा सबैतिर रगत जमिएर कालो भएको थियो । औषधि वा सिलानपानी चढाउन सिरिन्चले घोच्दा शरीरको कुनै पनि ठाउँबाट नपस्ने अवस्था भएको थियो । त्यतिन्जेलसम्ममा पाँचलाख बढि खर्च भईसकेको थियो ।

“अस्पतालको लापरवाही देखेपछि बाहिर लैजान खोज्दा लैजान नदिएर ठूलो खर्च गरायो । अन्तमा विरामीको अवस्था राम्रो हुनुको सट्टा माया मार्ने अवस्थामा पुर्यायो” विरामीकी बुहारी जमुना लुइटेलले भन्नुभयो ।

स्वास भईन्जेल आस हुन्छ भन्दै विरामीको परिवार र दुर्घटना गराउने दुबै पक्ष मिलेर धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए । उक्त हस्पिटलले बाहिर रेफर गरिदियो, त्यासपछि विराटनगरको एक हस्पिटलमा करिब दुई हप्ता उपचार गरियो । त्यसले पनि रेफर गरेपछि काठमाडौं स्थित टिचिङ हस्पिटलमा लगियो । उक्त हस्पिटलले पनि विरामीको अवस्था अतिनै नाजुक भईसकेको जनाएपछि परिवारले बाँच्ने आशा मारेर बगाहास्थित घर ल्याएको छ । गाईघाट शिभिल हस्पिटल भन्दा बाहिर गएको सबै हस्पिटलले सुरुमै उपचारमा लापरवाही भएको भन्दै इन्फेक्सनका कारण विरामीको अवस्था अति नाजुक बनेको बताएको परिवारले जनाएको छ ।

“पैसाकै लागी अस्पतालले विरामीलाई जबरजस्ती अस्पतालमा राख्यो र विरामीको अवस्था विगारेर बाहिर पठायो” विरामीका भतिज बद्रीनाथ लुइटेलले भन्नुभयो । पैसाको लागी अस्पतालले मानिसको ज्यानमाथी नै खेलवाड गरेको वहाँले बताउनुभयो । यतिन्जेलसम्ममा विरामी उपचार खर्च पनि दशलाख बढि भईसकेको थियो । पैसा भन्दा ज्यान ठूलो भन्दै चौधरीले आप्mनो तर्फबाट ऋण काढेरै पनि खर्च गरिरहेका थिए । तर, सुरुमा उपचारमा लापरवाही गरिदिएकाले सबै उपचारका प्रयास र ठूलो धनरासी खेर गएको ठक्करदिने युवाको बुवा महेन्द्र चौधरीले बताउनुभयो ।

यतिबेला एउटा दुर्घटनाको पिडित र पिडक पक्ष दुबै अस्पतालबाट पिडित बन्न पुगेको भन्दै दुबै पक्षले अस्पताल र उपचारमा संलग्न डाक्टरलाई कारवाहीको माग गरेका छन । अस्पतालको लापरवाहीले विरामीको अन्तिम अवस्था भएपछि एसइइ परिक्षा दिनुपर्ने चौधरी प्रहरी नियन्त्रणमा छन भने लुइटेल परिवारले अभिभावक गुमाउने अवस्था आएको छ । आप्mनो परिवारमा यो दुर्दशा आएपनि अरु सर्बसाधारणले यो अविगत भोग्न नपरोस भन्दै विरामीका छोरा देवेन्द्र लुइटेलले बताउनुभयो ।

गाईघाट सिभिल हस्पिटलका सञ्चालकसमेत रहेका डा। सञ्जयकुमार साहले अस्पतालमा डाक्टरहरुको तर्फबाट लुइटेललाई सक्दो उपचार गरेको तर शरीरमा अन्य रोगको संक्रमण देखिएपछि बाहिर पठाएको बताउनुभयो । गाईघाटमा हस्पिटल र डाक्टरलाई बढि नै आरोप लाग्ने गरेको बताउनुभयो । उपचारमा लापरवाही नभएको बताउदै उहाँले आरोप लगाउनेहरुलाई पुष्टि गर्न चुनौती समेत दिएका छन ।

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved