काठमाण्डौ । सन २०२२ को लागी डाइभर्सिटी भिसा डीभीको फारम खुलेको छ । पmाराम बुधबार राती ९।४५ देखि फारम भर्न मिल्ने गरी खुलेको नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।
दुताबासले बिना शुल्क डीभीको फारम भर्न सकिने भएकाले आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन समेत आग्रह गरेको छ ।
डिभिको फारम भर्ने समय आगामी कार्तिक २५ (नोभेम्बर १०) सम्म तोकिएको छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकीने जनाइएको छ ।
फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशन अनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।
Copyright © 2018 / 2024 - Purbeli Darpan All rights reserved