कविता / मेरो प्यारो रक्सी

alt
  • जेठ ३०, २०७७
  • पूर्बेली दर्पण

कविता
मेरो प्यारो रक्सी

चन्द्रा बास्तोला                  
मैले बोक्ने झोलामा सधैँ तिम्रो याद
बोकेर हिँडेको हुन्छु ।
चोक चोकको भट्टी पसलमा सधैँ
तिमै्र चर्चा चलेको सुन्छु ।
तिम्रो माया पाउनको लागि
सब भिडन्त गरेकाछन् रे,
तर, तिमी बिना त पागलै हुन्छु ।
त्यसैले त मेरो प्यारो रक्सि
मलाई मलाई एकपल पनि नछोड है,
म त तिम्रै भरोसामा बाँचेकोछु ।
दुःख गरेर कमाएको पैसा पनि त
तिम्रै नाममा चढाएकोछु ।
तिम्रो साहाराले मैले आफ्नो
फुर्ति आफैं बढाएको छु ।
सुखमा साथ दिने अनि दुःखमा
साथ दिने तिमी चौविसै घण्टा
तिम्रो सम्झनामा टोलाएर बसेको छु  ।
तिम्रो मायामा पागल बनेर कतिपटक
फोहोर बग्ने नालीमा खसेकोछु ।
बरु मेरो मुटु कलेजो सबै खाउ
किड्निले काम गनरोस केहि फरक पर्दैन,
तर म त तिमै्र भरोसामा बाँचेकोछु ।
जे होस् तिम्रो मायाले मलाई,
चौविसै घण्टा पिउने बनायौ,
दुनियालाई पर राखि तिमीसँग
एक्लै जीउने बनायौ ।
टाईसुट लगाएर घुम्ने कुर्सीमा बस्ने,
यो ज्यानलाई,
थोत्रे भेष्टमा लल्लेर हिँड्ने बनायौ,
मैले तिमीलाई पाउँ भनेर,
पलाष्टिकको गिलास किनेर ल्याएकोछु ।
तिम्रो माया पाउनको लागि म,
चोक चोकको भट्टी पसलमा भिडेकोछु ।
हाम्रो मायामा सकैको
नजर लाग्ला भनेर,
एकटुक्रा ल्वाङ, र सुकमेल,
टोकेर हिँडेकोछु ।
तिमीलाई पाउनको लागि
सिन्दुरको धर्को लाएर ल्याएको श्रीमतिलाई
रात, दिन आँसुमा डुबाएकोछु ।
आफ्नो जन्म दिने आमा बाबुको
अमृत समानको वचन गुमाएको छु ।
ती नावालक सन्तानको त के कुरा ?
कति पटक भुईँमा टिपेर पछारेकोछु ।
मस्त निन्द्रामा सुतेकी श्रीमतिलाई,
जगल्टा समाएर कतिपटक लछारेकोछु ।
त्यसैले मेरो प्यारो रक्सी
मलाई कहिल्यै नबिर्स है ?
मेरो जिन्दगी नै तिमिमा समर्पित गरेकोछु ।


                हालः कार्यरत–    स्वास्थ्य चौकी,
                लिम्चुङबुङ, गाउँपालिका ३
                बाराहा उदयपुर ।

सम्बन्धित समाचारहरु

युवा संघ त्रियुगा नग ...

उदयपुर । नेत्रपा एकिकृत समाजबादी निकट युवा संघ उदयपुरको अध्यक्षमा शुभ नारायण ठाकुर चयन हुनुभएको छ । ...

सञ्चारिका समुह उदयपु ...

उदयपुर । सञ्चारिका समुह उदयपुरमा पनी गठन भएको छ । शनीबार गाइघाटमा भएको जिल्ला भेलाले गंगा राईको अध्य ...

उदयपुरमा प्याराग्ला ...

उदयपुर । जिल्लाको बेलका नगरपालिका वडा न. ८ मा  प्याराग्लाइडिङ गर्ने क्रममा लडेर घाइते भएका जापन ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved