उदयपुरको बिभिन्न ठाँउमा चट्याङ पर्दा ६ जना घाईते

alt
  • बैशाख ९, २०७७
  • पूर्बेली दर्पण

उदयपुर
सोमबार राती हावा हुन्डरी सहित चट्याङ पर्दा उदयपुर जिल्लाको बिभिन्न स्थानमा ६ जना घाइत भएका छन । घाइते हुनेहरुमा जिल्लाको कटारी नगरपालिका वडा न. ११ बेतीनी बस्ने बर्ष ५५ को चन्द्र बहादुर आले मगर उनकै श्रीमती बर्ष ४८ की मन कुमारी मगर, निजकै आमा बर्ष ७० की मनमाया मगर  , सोही ठाउँका रेम बहादुर बलम्पाकी मगरको छोरा बर्ष १६ को सुमन मगर  घाइते भएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । हाल उनीहरुको अबस्था सामान्य रहेको बताइएको छ ।

यस्तै कटारी नगरपालिका ६ रिस्कु बस्ने मेनुका राईको छोरा बर्ष १२ को अस्मान राईको छातीमा सामान्य चोट लागेको जनाइएको छ । यस्तै त्रियुगा नगरपालिका ५ दमौटिका  २७ बर्षिय सुस्मा मगर पनी चट्याङ लागि घाईते भएको जनाइएको छ । उनलाइ थप उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याइएको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख वीर बहादुर बुढा मगरले जानकारी दिनुभयो ।

यस्तै त्रियुगा नगरपालिका ६  बस्ने कृष्ण प्रसाद ढुङगानाको २ तले घरको जस्ताको छाना हावा हुरिले  उडाई दिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

दुइ नाल भरुवा बन्दुक ...

उदयपुर । उदयपुरमा दुइ नाल भरुवा बन्दुक सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा रौतामाई गाउँपालिक ...

भालुको आक्रमणबाट उदय ...

कटारी । उदयपुरमा सोमबार बिहान भालुको आक्रमणबाट एक जना घाइते भएको छ । घाइते हुनेमा जिल्लाको कटारी नगर ...

उदयपुरमा रुखबाट लडेर ...

उदयपुर । शनिबार उदयपुरको त्रियुगा नगरपालिका १४ साउनेमा रुखबाट लडेर एक जनाको ज्यान गएको छ । ज्यान जा ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved