उदयपुरको एक मस्जिदमा प्रहरीको छापा १२ जना भारतीय लुकेर बसेको अबस्थामा फेला, सबैको स्वाब संकलन

alt
  • बैशाख २, २०७७
  • पूर्बेली दर्पण

उदयपुर
उदयपुरको  त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा प्रहरीले छापा मारेको छ । मंगलबार मारिएको छापामा १२ जना भारतीय लुकेर बसेको अबस्थामा प्रहरीले फेला पारेको छ । स्थानीयले उनीहरु लकडाउन पछी आएको बताएपनी उनीहरुले भने चोरबाटो हुँदै लकडाउनपछि आएको बताएका छन । उक्त मस्जिदमा उनीहरूसँगै विराटनगर जोगवनीका चार नेपालीसमेत भेटिएका छन ।

यसअघिनै पटक पटक स्थानीयले सोमस्जिदमा विदेशी आएर गुपचुप बसेको भन्दै त्रियुगा नगरपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलाई सूचना दिएका थिए । तर जानकारी गराउँदा पनि प्रशासन मौन बसेको एक स्थानीयले बताएका छन । दुई दिनअघि वीरगन्जको मस्जिदमा लुकेर बसेका तीन जना मुस्लिम धर्मगुरुमा कोरोना संक्रमण देखिएपछि उदयपुरमा पनि अनुगमन गरिएको उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताउनुभयो ।

प्रशासनका अनुसार १२ भारतीय दिल्लीबाट विराटनगरबाट सप्तरी हुँदै त्यहाँ आएको जनाएका छन । ती सोह्रै जनाको स्वाब संकलन गरीए सँगै तिनीहरूको ‘ट्राभल हिस्ट्री’ पनि खोजिने सप्रजिअ भट्टराईले बताउनुभयो । उहाँका अनुसार १६ जनालाई मस्जिदमै सुरक्षा निकायको निगरानीमा राखिएको छ र जिल्लाको अन्य मस्जिमा पनी प्रहरीले निगरानी अघी बढाएको बताइएको छ ।  

यस्तै धेरैलाई कोरोना भाइरसको संक्रमण फैलिएको अनुमान गरिएको भारतको राजधानी दिल्लीस्थित बंगलेवाली मस्जिदका नामले चिनिने निजामुद्दिन मरकज मस्जिदमा भएको धार्मिकसभामा केही नेपालीहरु मध्ये उदयपुरको पाँच जना मध्ये चार जना क्वारेन्टाइनमा छन भने एक जना अझै फेला परेको छैनन ।93430777_3023407844416985_2532312382714150912_n

सम्बन्धित समाचारहरु

मेयर रनिङ शिल्ड प्रत ...

उदयपुर — त्रियुगा नगरपालिकाको आर्थिक सहयोग तथा नगर युवा तथा खेलकुद विकास समितिको आयोजनामा तेस् ...

अन्तर विद्यालय वडा अ ...

उदयपुर , त्रियुगा नगरपालिका वडा न.११ को सहयोगमा शुक्रबारदेखी सुरु भएको प्रथम वडा अध्यक्ष कप अन्तर वि ...

उदयपुरका विभिन्न ६ ...

उदयपुर, गाइघाटका विभिन्न ६ वटा वैङ्कहरुले त्रियुगा नगरपालिका र जिल्ला प्रहरी कार्यालय उदयपुरसँगको सह ...

सामाजिक संजाल

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको अनलाइन डिजिटल पत्रिका हो ।

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि., उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर
  • संवाददाता: उमा मगर

सम्पर्क

Copyright © 2018 / 2025 - Purbeli Darpan All rights reserved