साताव्यापी योग दिवस सूरु

उदयपुर , माघ ४
    साताव्यापी कार्यक्रमको तय गरी यो बर्षको योग दिवस उदयपुरमा बुधबारबाट सुरु गरिएको छ । योग दिवस मुल समारोह समितको आयोजनामा बुधबार सदरमुकाम गाईघाटमा प्रभातफेरीको आयोजना गरी सूरु गरिएको हो ।
    बिद्यालयका बालबालिकासम्म कार्यक्रम पुर्याउने लक्ष्यकासाथ समतिले विभिन्न सरोकारवाला संस्थासँग समन्वय गरी एक सातासम्म बिद्यालय स्तरमा कार्यक्रम तय गरेको मुल समारोह समतिका संयोजक एवंक प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काले बताए ।
    उनकाअनुसार त्रियुगा मावि गाईघाट, मावि देउरी, जनज्योती मावि चुहाडे, अम्बेवर माबि राजाबास, बालमन्दिर मावि बोक्से र लक्ष्मीपुर मावि पोर्ताहका बालबालिकालाई लक्षित गरी योग शिविर राखिएको छ ।
    यसविचमा व्रहमाकुमारी राजयोगले नियमित मनबुद्धी राजयोग, जिवन विज्ञानले योग तथा बालबालिका लक्षित कार्यक्रम, पतन्जलीले नियमित योगाअभ्यास, आत्माज्ञान प्रचार समितिले प्रवचन गर्ने तय गरिएको समितिका सदस्य सचिब संजिवकुमार यादवले बताए ।
    कार्यक्रमको उद्घाटन गर्दै प्रजिअ खड्काले योगलाई जीवनको अभिन्न अङ्ग बनाउनुपर्ने धारणा व्यक्त गरे । उनले आधुनिकतासँग समाजमा थुप्रै तनाव बढेको भन्दै त्यसलाई कम गर्नका योग, ध्यान र विपश्यना नै उपयुक्त माध्यम भएको बताए ।
     निरोगी, शान्त र सौहार्दपूर्णरूपमा जीवनका लागि योग नै रहेको उल्लेख गर्दै उनले योगलाई विद्यालय तहसम्म लैजाने बताए । सदस्य सचिब यादवले मनलाई स्थिर राख्न र तनावबाट मुक्त हुनका लागि योग गर्नुपर्ने बताए । ‘राष्ट्रिय एकता ः योगको सान्दर्भिकता’ भन्ने मूल नाराका देशभर पाँचौँ राष्ट्रिय योग दिवस बुधबार मनाइएको छ ।

 

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]