प्याराडाइज स्कुल गाइघाटको १७ बर्षे यात्रा जिल्लामा उत्कृष्ट, पुर्वान्चलमा दोस्रो

गाइघाट , माघ १७
एसइइ परिक्षमा निजी बिद्यालय मध्य पुर्वान्चलमा दोस्रो स्थान तथा उदयपुरमा पहिलो स्थानको नतिजा ल्याउन सफल प्याराडाइज सेकेन्डरी स्कुलले आफ्नो १७ औं बार्षिक उत्सव तथा साधारण सभा बिहिबार भब्यताका साथ सम्पन्न गरेको छ ।

प्रदेश न. १ का माननिय सांसद अम्बिका थापाको प्रमुख आतिथ्यतामा भएको बार्षिक साधारण सभा तथा सांस्कृतिक कार्यक्रम संगै थापाले बिद्यालयको ९ कोठे नयाँ भवन सिलान्यास गर्नुभएको छ ।  यस्तै कार्यक्रममा आफ्नो मन्तब्य राख्दै सांसद थापाले बिद्यालयले निजि बिद्यालय तर्फ उदयपुरमा उत्कृष्ट तथा पुर्वान्चलमै दोस्रो स्थान ल्याइ उदयपुरको नाम राखेको भन्दै अझ प्रगतीको शुभकामना ब्यक्त गर्नुभयो ।

यस्तै सरस्वती पुजा तथा अभिभावक दिवसको अवसरमा आयोजना गरीएको कार्यक्रममा खेलकुद सप्ताहाबाट बिभिन्न बिधामा बिजेता भएका बिद्यार्थीहरुलाइ पुरस्कार प्रदान तथा बिद्यालयका उत्कृष्ट छात्र छात्रालाइ सम्मान समेत गरीएको थियो ।

कार्यक्रममा प्रगती प्रतिबेदन राख्दै प्रिन्सिपल बाबुराम आचार्यले बिद्यालयले ३ बर्ष सम्म लगातार जिल्लाकै उत्कृष्ट नतिजा ल्याइ निजी बिद्यालयतर्फबाट प्रदेश सरकारबाट नगद १ लाख सहित पुरस्कृत हुन सफल भएको बताउदै अभिभावक बिद्यार्थी सबैमा शुभकामना ब्यत्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्ग परियार , मानबअधिकारकर्मी भरत खड्का , त्रियुगा नगरपालिका वडा न.११ का वडा अध्यक्ष बिश्वराज भट्टराइ , पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्का तथा उपाध्यक्ष भोटराज राइ, समाजसेबी सुमन्त कोइराला लगाएतले शुभकामना राख्नुभएको थियो ।

२०६१ सालमा स्थापना भएको यस बिद्यालयले २०७३ , ७४ र ७५ सालको एसएलसी तथा एसइइ परिक्षामा जिल्लामै उत्कृष्ट नतिजा ल्याइ त्रियुगा नगरपालिका तथा १ न. प्रदेश सरकारबाट पुरस्कृत समेत भएको छ । बिद्यालयका शिक्षक अभिभावक समितीका अध्यक्ष प्रकाश कुमार बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा अभिभावकहरुको उल्लेखनीय सहभागित रहेको थियो ।

यस्तै बिद्यालयले यसै शैक्षिक सत्रबाट कक्षा नर्सरी , एलकेजी र युकेजीमा मन्टेस्वरी कक्षा संचालन गर्न जनाएको छ ।


 

हाम्रो बारेमा

पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर द्धरा सञ्चालित पूर्बेली डटकम उदयपुरको सदरमुकाम गाइघाटबाट सञ्चालन हुदै आएको डिजिटल पत्रिका हो ।

दर्ता न.

  • सूचना तथा प्रशारण विभाग दर्ता न.: ९६८/०७५–७६
  • प्रेस काउन्सिल दर्ता न.: २७२/०७५–७६
  • कम्पनी रजिष्ट्रारको कार्यलय दर्ता न.: १६४२४६/०७३–७४

हाम्रो टिम

  • सञ्चालक: पूर्बेली दर्पण मिडिया प्रा.लि. उदयपुर
  • सम्पादक: घमण्ड बहादुर मगर
  • कार्यकारी सम्पादक: इश्वर कुमार मगर

सम्पर्क

  • कार्यलय: त्रियुगा नगरपालिका ११ उदयपुर
  • फोन न.: ९८४२८६६१५२/९८०५९२९५७७
  • इमेल: [email protected]
  • [email protected]